बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोटोपन, कब्जियत, हाडजोर्नी र उच्च रक्तचापको समस्याबाट छुटकारा पाउन मेवा

शनिबार, २९ कात्तिक २०७७, ०९ : २०
शनिबार, २९ कात्तिक २०७७

एजेन्सी  – मेवाले शरीरलाई विभिन्न फाइदाहरु दिन्छन् । मेवा जति स्वास्थ्यका लागि फाइदाजनक छ त्यति नै पाचन प्रक्रियालाई समेत मजबुत बनाउँछ । साथै, मोटोपन समेत घटाउँछ । 

मेवालाई जुस बनाएर पनि पिउन सकिन्छ । काँचो मेवालाई तरकारीको रुपमा पनि पकाउँन सकिन्छ । प्राचीन कालमा मेवालाई घरेलु उपचारका लागि प्रयोग गर्ने गरिन्थ्यो । 

१. मेवाले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ । मेवाले पेटलाई सफा गर्छ । साथै आँखाका लागि पनि मेवा निकै फाइदाजनक हुन्छ । मेवा खाँदा शरीरमा पानीको कमी हुँदैन । एक अनुसन्धानका अनुसार १०० ग्राम मेवामा ४३ ग्राम क्यालोरी हुन्छ । 

२. मेवामा भारी मात्रामा फाइबर, पोटाशियम, भिटामिन पाइन्छ । जसको सेवनले मुटुसँग जोडिएका विभिन्न समस्याहरु कम हुन्छ । मुटुको समस्यामा डाक्टरहरु मेवा खाने सल्लाह दिन्छन् । 

३. मेवाको सेवनले हाडजोर्नीको समस्या कम गराउँछ । मेवामा पाइने एन्टी–इन्फ्लेमेटरी एन्जाइम धेरै मात्रामा पाइन्छ । यसले जोर्नीको समस्याको समाधानमा सहयोग गर्छ । 

४. डाक्टरहरुले उच्च रक्तचापका बिरामीहरुलाई मेवा खान सल्लाह दिन्छन् । मेवामा पाइने पोटाशियम धेरै मात्रामा पाइन्छ । जसले रक्तचापलाई नियन्त्रण गर्छ र सन्तुलनमा राख्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप