नेपाल भित्रियो ‘भेन्चुरिनी’ ब्रान्ड, एक वर्षभित्र देशका १० सहरमा
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा ख्याती प्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी नेपाल भित्रिएको छ । नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो ।
काठमाडौंको दरबारमार्गमा औपचारिक कार्यक्रमको आयोजना गरी भेन्चुरिनीको शो–रुमउद्घाटन गरिएको छ । कलाकारहरू ऋचाशर्मा, नीतिशाह, प्रशान्तताम्राकार र एलिजागौतमले भेन्चुरिनीको शो–रुम उद्घाटन गरेका हुन् ।
एशियाको दोस्रो ठूलो उत्पादनकम्पनी भेन्चुरिनीलाई नेपालमापहिलोपटक ल्याइएको हो । उद्घाटन कार्यक्रममा अभिनेत्री ऋचा शर्माले अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपालमा आउदाती उत्पादनसँग परिचित हुने मौका मिल्ने बताइन् ।
दरबारमार्गस्थित वान दरबार मलमा राखिएको शो–रुममा जुत्ता, पर्स, बेल्ट, सेन्डल र ब्याग (झोला)उपलब्ध रहेको भेन्चुरिनीलाई नेपालभित्र्याउने कम्पनी नव समृद्धि इन्टरप्राइजेजका अध्यक्षराजु थापाले बताए ।
‘फुटवेयर र लेदरकाउत्पादनहरू, पार्टी वेयर, फर्मलदेखि क्याजुअलसम्मका सामग्रीहरू चाँडै उपलब्धहुनेछन्,सबै उमेर समूहलाई लक्षित गरेर भेन्चुरिनीकाउत्पादनउपलब्ध गराउने छौँ,’ थापाले भने।
नव समृद्धि इन्टरप्राइजेजका निर्देशन सुरज केसीका अनुसार भेन्चुरिनी ब्रान्डलाई देशका १० सहरमा पु¥याइने छ । एक महिनाभित्र पोखरामा भेन्चुरिनी विस्तार गरिने छ,’ केसीले भने, ‘चितवन, विराटनगर, धरान, बिर्तामोड, वीरगञ्ज, नेपालगञ्ज, धनगढी,हेटौँडा रबुटवलमा एक वर्षभित्र विस्तार गरिने छ।’
इटालियन प्रिमियम ब्रान्ड तथा बंगलादेशको उत्पादन भेन्चुरिनी ब्रान्डको प्रयोगबाट नेपाली उपभोक्ताले लाभलिन सक्ने नव समृद्धिका निर्देशक सुदिपचन्द्र बख्रेलले बताए।
‘भेन्चुरिनीका उत्पादनमा गुणस्तरलाई विशेष ध्यानदिइएको छ, नेपाली उपभोक्तामाथि भेन्चुरिनी चाँडै लोकप्रिय हुने विश्वास हामीले लिएका छौँ,’ बख्रेलले भने।
कोरोना प्रकोपका कारण व्यापारको शैली बदलिएकाले अब अनलाइनमार्फत् पनि भेन्चुरिनी ब्रान्ड उत्पादनहरू बिक्रीवितरण गरिने उनले बताए। उच्च प्राथमिकतामा राखेकाले उपभोक्ताले अधिकलाभलिन सक्नेमा विश्वस्त हुन सकिन्छ,’ धमलाले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३१ करोड बक्यौता बुझाएपछि सुबिसुले पाँच वर्षका लागि पायो लाइसेन्स
-
विश्वकप खेल्ने नेपाली महिला क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)
-
पोटर बने वेस्ट ह्यामको नयाँ म्यानेजर
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ : घिसिङ
-
'नेपाल आयल निगम १० अर्ब नाफामा छ'
-
सरकारका प्रवक्ता भन्छन्– कांग्रेस–एमालेबिच भएको सहमति तलमाथि हुँदैन