बङ्गलादेशमा ४ लाख २८ हजार भन्दा बढी कोरोना भाइरस सङ्क्रमित

एजेन्सी । बङ्गलादेशमा गत २४ घण्टामा १ हजार ७६७ थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ४ लाख २८ हजार ९६५ पुगेको सरकारी स्रोतले जानकारी दिएको छ । गत २४ घण्टामा यस सङ्क्रमणको कारण यहाँ १९ जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ६ हजार १५९ पुगेको छ ।
गत २४ घण्टामा बङ्गलादेशमा १३ हजार ५३९ जनाको कोरोना भाइरस सङ्क्रमण भए नभएको परिक्षण गरिएको पनि उक्त स्रोतले जानकारी दिएको छ । बङ्गलादेशमा शुक्रबार १ हजार ५१९ जना कोर।ेना भाइरस मुक्त भएकासहित हालसम्म ३ लाख ४६ हजार ३८७ जना कोरोना भाइरस मुक्त भएका छन् ।
यहाँ गत जुलाई २ का दिनमा हालसम्म उच्च संख्या ४ हजार १९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । यसैगरी गत जुन ३० मा कोरोना भाइरस सङ्क्रमणबाट ६४ जनाको मृत्यु भएको थियो । यो बङ्गलादेशमा कोरोना भाइरस शुरु भएतयाकै मृतकको उच्च संख्या हो । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
-
भारत र पाकिस्तानबिचको खेलमा बने यी रेकर्ड