मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा ४ लाख २८ हजार भन्दा बढी कोरोना भाइरस सङ्क्रमित

शुक्रबार, २८ कात्तिक २०७७, १९ : ५४
शुक्रबार, २८ कात्तिक २०७७

एजेन्सी । बङ्गलादेशमा गत २४ घण्टामा १ हजार ७६७ थप व्यक्तिमा  कोरोना  भाइरस सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ४ लाख २८ हजार ९६५ पुगेको सरकारी स्रोतले जानकारी दिएको छ ।  गत २४ घण्टामा यस सङ्क्रमणको कारण यहाँ १९ जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ६ हजार १५९ पुगेको छ ।

गत २४ घण्टामा बङ्गलादेशमा १३ हजार ५३९ जनाको कोरोना भाइरस सङ्क्रमण भए नभएको परिक्षण गरिएको पनि उक्त स्रोतले जानकारी दिएको छ ।  बङ्गलादेशमा शुक्रबार १ हजार ५१९ जना कोर।ेना भाइरस मुक्त भएकासहित  हालसम्म ३ लाख ४६ हजार ३८७ जना कोरोना भाइरस मुक्त भएका छन् ।

यहाँ गत जुलाई २ का दिनमा हालसम्म उच्च संख्या ४ हजार १९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । यसैगरी गत जुन ३० मा कोरोना भाइरस सङ्क्रमणबाट ६४ जनाको मृत्यु  भएको थियो । यो बङ्गलादेशमा कोरोना भाइरस शुरु भएतयाकै मृतकको  उच्च संख्या हो । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप