मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्यमा पठाउने काँग्रेसको निर्णय
शुक्रबार, २८ कात्तिक २०७७, १९ : ३७

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका महासमिति सदस्य मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले उक्त निर्णय कार्यान्वयनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने जनाएको छ ।
खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद भएको सूर्यबहादुर केसीको गत मंगलबार निधन भएपछि रिक्त रहेको स्थानमा पाण्डेलाई सांसद बनाउन लागिएको हो । निर्वाचन आयोगमा बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम नै रहेको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका निवास पाण्डे पहिलो संविधानसभाका सभासद थिए । २०६४ को संविधानसभा निर्वाचनमा उनी स्याङ्जा–३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
२०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका उनी २०४८ सालमा नेविसंघका केन्द्रीय सदस्य बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक अर्थतन्त्रका कारण आर्थिक, सामाजिक विकास असन्तुलित भयो : महासचिव पोखरेल
-
संविधान संशोधन गर्नुअघि राजनीतिक नेतृत्व सुध्रिनुपर्छः पूर्वमन्त्री किराती
-
‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ’
-
‘दी ओल्ड म्यान एन्ड दी सी’ले आत्मसम्मान, साहस र दृढताको कथा सुनाएको छ’
-
अस्ट्रेलियन महिलाले बनाइन् २४ घण्टामा सबैभन्दा धेरै पुल-अप्सको विश्व कीर्तिमान
-
कोशीमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु