मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्यमा पठाउने काँग्रेसको निर्णय
शुक्रबार, २८ कात्तिक २०७७, १९ : ३७
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका महासमिति सदस्य मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले उक्त निर्णय कार्यान्वयनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने जनाएको छ ।
खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद भएको सूर्यबहादुर केसीको गत मंगलबार निधन भएपछि रिक्त रहेको स्थानमा पाण्डेलाई सांसद बनाउन लागिएको हो । निर्वाचन आयोगमा बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम नै रहेको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका निवास पाण्डे पहिलो संविधानसभाका सभासद थिए । २०६४ को संविधानसभा निर्वाचनमा उनी स्याङ्जा–३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
२०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका उनी २०४८ सालमा नेविसंघका केन्द्रीय सदस्य बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
-
परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान, यस्तो छ भ्रमण कार्यतालिका
-
स्कटल्यान्डले निकाल्यो हाइटी विरुद्ध १–०को जीत
-
किन घट्दै छ सुनको मूल्य ?
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण