शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालकुमारीस्थित फोहोर संकलन केन्द्रमा भीषण आगलागी, २३ तस्बिरमा हेर्नुहोस्

शुक्रबार, २८ कात्तिक २०७७, १४ : ५०
शुक्रबार, २८ कात्तिक २०७७

काठमाडौं । ललितपुरको बालकुमारीस्थित फोहोर संकलन केन्द्रमा भीषण आगलागी भएको छ । शुक्रबार अपरान्ह केन्द्रमा भीषण आगालागी भएको हो । फोहोर संकलन केन्द्रका प्रबन्धक सुरेशराज अवालेका अनुसार आगलागीबाट संकलन केन्द्रमा राखिएका सवारी साधनदेखि थुप्रै सम्पत्ति नष्ट भएको छ । उनका अनुसार आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीको मुख्य कारण बेगनको बट्टा हुनसक्ने प्रबन्धक अवालेले बताए । शुक्रबार बेगनका बट्टाको थुप्रो स्काभेटर सार्दा सोही घर्षणका कारण आगलागी भएको हुनसक्ने प्रबन्ध अवालेले बताए । बेगनको बट्टाबाट ग्यास निकिस्ने उनले बताए । अगालागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागी नियन्त्रणका लागि ललितपुर महानगरपालिबाट ३ वटा दमकल परिचालन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप