शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्जुन रामपाललाई ड्रग्स केसमा सोधपुछ, उनका साथी पक्राउ

शुक्रबार, २८ कात्तिक २०७७, १३ : ५२
शुक्रबार, २८ कात्तिक २०७७

ड्रग्स केसमा फसेका अभिनेता अर्जुन रामपालमाथि नारकोटिक्स कन्ट्रोल ब्यूरोले सोधपुछ गरिरहेको छ । रामपाल करिब सवा ११ मा एनसीबीको कार्यालय पुगेका थिए । यसअघि एनसीबीले रामपालका साथी पल बर्टेललाई पक्राउ गरेको थियो । अनुसन्धान एजेन्सीले बिहिबार अबेर राती पललाई सोधपुछका लागि हिरासतमा लिएको थियो । करिब १० घण्टा सोधपुछपछि उनलाई पक्राउ गरिएको हो । पल अष्ट्रेलिया मूलका आर्किटेक्ट हुन् । उनी रामपालका थुप्रै पार्टीमा समावेश भएका थिए । रामपाल र पललाई अब आमने सामने राखेर सोधपुछ गरिने सम्भावना छ ।

एनसीबीले सोमबार रामपालको घरमा छापा मारेको थियो । त्यसपछि बुधबार र बिहिबार उनकी प्रेमिका गेब्रिएला डेमेट्रियड्सलाई सोधपुछ गरेको थियो । गेब्रिएलासँग अहिलेसम्म १२ घण्टा सोधपुछ भइसकेको छ । अनुसन्धान एजेन्सीले सोमबार रामपालको ड्राइभरलाई पनि हिरासतमा राखेर थुप्रै घण्टा सोधपुछ गरेको थियो । एनसीबी स्रोतका अनुसार रामपालको घरबाट केही प्रतिबन्धित औषधी भेटिएको थियो । रामपालले  ती सबै प्रश्नको जवाफ दिनुपर्नेछ ।

यसका साथै उनको घरबाट केही मोबाइल फोन र ल्यापटप जफत गरिएको थियो । एनसीबीको इलेक्ट्रोनिक रिपोर्ट पनि आइसकेको छ, यसैलाई देखाएर रामपाललाई सवाल जवाफ गरिनेछ ।

गत महिना गेब्रिएलाका भाइको गिरफ्तारी भएको थियोः

एनसीबीले १९ अक्टोबरमा गेब्रिएलाका भाइ अगिसिलाओसलाई लोनावालाबाट पक्राउ गरिएको थियो । उनीसँग चरेस र अल्प्राजोलम ट्याब्लेट थियो । उसबाट पाइएको सुरागको आधारमा रामपालको घरमा छापा मारिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप