शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वैवाहिक जीवनलाई कसरी बनाउने सुखी ? काम लाग्छन् विज्ञका यी पाँच सल्लाह

शुक्रबार, २८ कात्तिक २०७७, ०८ : ४४
शुक्रबार, २८ कात्तिक २०७७

हरेक वैवाहिक सम्बन्धमा स–साना समस्या आउनु साधारण हो तर यदि यसलाई समयमै मिलाउन हरसम्भव प्रयास गर्नुपर्छ । धेरैजसो मानिसहरु आफ्नो नीजि जीवनबारे खुलेर कुरा गर्न मन पराउँदैनन् । यी समस्यालाई टाढै राख्नका लागि रिलेशनशिप एक्सपर्टका केही सल्लाह काम लाग्न सक्छन् । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

सधैं कुरा गरिरहनुहोस्ः

कुनै पनि समस्यालाई टाढा राख्ने पहल कुराकानीमार्फत् नै हुने गर्छ । यदि तपाईं आफ्नो पार्टनरसँग मुद्दामा खुलेर कुरा गर्नुहुन्नँ भने समस्याको हल कहिले पनि निस्कनेछैन । कुराकानीमार्फत् नै तपाईं पार्टनरको भावना बुझ्न सकनुहुन्छ र तपाईं आफ्नो भावना सम्झाउन सक्नुहुन्छ । सम्बन्धमा समस्या त्यतिबेला आउँछ जब जोडी एक आपसमा कुरा गर्न बन्द गर्छन् ।

मुद्दालाई ठूलो नबनाउनुहो्ः

जोडीबीच झगडा हुनु सामान्य हो । स्वस्थ सम्बन्धका लागि यो आवश्यक पनि छ तर एउटै मुद्दामा बारम्बार झगडा गरिरहँदा कुरा ठूलो हुन्छ र सम्बन्धमा दरार आउन थाल्छ । कुनै विषयमा तपाईंहरुको दृष्टिकोण भिन्न भिन्न हुनसक्छ । पार्टनरको विचारलाई नजरअन्दाज गर्नुको साटो त्यो बुझ्ने कोसिस गर्नुहोस् ।

घरको काम मिलिजुली गर्नुहोस्ः

कपडा धुनु, भाँडा माझ्नु, खाना पकाउनु, सर–सफाई गर्नेजस्ता काममा पार्टनरलाई सहयोग गर्नुहोस् । जब तपाईंहरु दुबैजना घरमा हुनुहुन्छ भने आ–आफ्नो काम छुट्याउनुहोस् । यसो गर्दा कसैलाई पनि कामको बोझ पर्दैन र तपाईंहरु एक–अर्कासँग थप नजिक हुनुहुनेछ ।

एक–अर्काको तारिफ गर्नुहोस्ः

सबैले आशा गरेका हुन्छन् कि उसको पार्टनरले उसको तारिफ गरोस् । एक–अर्काको तारिफ गर्दा तपाईंहरु दुबै सधैं सकारात्मक रहनुहुनेछ । यसो गर्दा स–साना समस्या नजरअन्दाज गर्ने बानी पनि बस्छ ।

एक–अर्कालाई प्राथमिकता दिनुहोस्ः

पार्टनरबाट मात्रै आशा नराख्नुहोस् । आफैंले पनि पार्टनरलाई त्यति नै प्राथसमकता दिनुहोस्, जति तपाईं आफूलाई दिनुहुन्छ । तपाईंहरुको विचार एउटै हुनुपर्छ भन्ने छैन तर भिन्न भिन्न विचारको सम्मान गर्न पनि आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप