बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्दो जाडो : कोरोना मात्रै हैन, मौसमी फ्लू र प्रदूषणको पनि उत्तिकै खतरा !

प्रदूषणको प्रकोपले समस्या झनै बढाउँछ : ‘मर्निङ’ हैन, ‘इभिनिङ वाक’ राम्रो
शुक्रबार, २८ कात्तिक २०७७, ०७ : ०५
शुक्रबार, २८ कात्तिक २०७७

अब विस्तारै जाडो मौसम सुरु भएको छ । जाडो मौसममा भाइरसहरुको क्रियाकलाप बढ्ने भएकाले बिरामीहरुको संख्या झनै बढ्ने चिकित्सकहरु बताउँछन् । सामान्यतः अरुबेला पनि चिसोयाममा विभिन्न प्रकारका रोगको प्रकोप बढ्ने त छँदैथियो, झन् यसपटक कोरोनाभाइरस कोभिड—१९ को प्रकोप झनै बढेर जान सक्ने अनुमान सम्बन्धित क्षेत्रका विज्ञहरुले गरेका छन् ।

विशेष गरेर जाडो मौसममा मौसमी फ्लू र कोरोनाभाइरसको संक्रमणका बिरामी बढ्न सक्ने देखिएको त्रिवि शिक्षण अस्पताल (टिचिङ) का वरिष्ठ छातीरोग विशषज्ञ तथा कोभिड संयोजक डा.सन्तकुमार दास बताउँछन् ।

उनका अनुसार वर्षेनी चिसो मौसममा  चिसो याममा मौसमी फ्लूका बिरामी बढ्ने गर्छन् । यसो हुनुको कारण इन्डेमिक रुपमा वातावरणमा इन्फ्लुएन्जा भाइरको प्रभाव बढ्ने भएकोले हो । 

जाडो मौसममा कोभिड—१९ र मौसमी फ्लू सँगसगै अगाडि बढ्ने डा.दासको भनाइ छ । चिसोमा कोरोनाभाइरस र मौसमी फ्लूको भाइरसले निमोनिया गराउँछ । जाडोमै रुघाखोकी लगाउने विभिन्न भाइरसहरु पनि क्रियाशील हुने गर्छ । तीमध्येका प्रमुख भाइरस राइनोभाइरस (Rhinovirus) र एडिनोभाइरस (Adenovirus) हुन् ।

कोरोना संक्रमण वा मौसमी फ्लू भनेर कसरी पत्ता लगाउन सकिन्छ ? 

कोरोनाभाइरस, इन्फुलुन्जाभाइरसका थुप्रै लक्षणहरु उस्तै उस्तै हुने गर्छन् । त्यसैले लक्षणको आधारमा मात्रै कुन भाइरसको संक्रमण हो भनेर सजिलै छुट्याउन नसकिने डा. दास बताउँछन् । उनी भन्छन्, ‘मौसमी फ्लू र कोभिड—१९ हुँदा शरीर दुख्ने, ज्वारो आउँने, सुख्खा खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुन्छ । त्यसैले लक्षणका आधारमा बिरामीले घरमै बसेर मौसमी फ्लू वा कोभिड—१९ भएको भनेर अनुमान लगाउनु हुँदैन ।’

लक्षणको आधारमा मात्रै कुन भाइरसको संक्रमण हो भनेर सजिलै छुट्याउन नसकिने डा. दास बताउँछन् । उनी भन्छन्, ‘मौसमी फ्लू र कोभिड—१९ हुँदा शरीर दुख्ने, ज्वारो आउँने, सुख्खा खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुन्छ । त्यसैले लक्षणका आधारमा बिरामीले घरमै बसेर मौसमी फ्लू वा कोभिड—१९ भएको भनेर अनुमान लगाउनु हुँदैन ।’

सम्बन्धित विशेषज्ञले भने शरीर दुख्ने, रुघाखाकी, ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता लक्षणहरु देखिएको समयावधिका आधारमा निमोनिया वा अन्य रोग भनेर अनुमान लगाउन सक्ने डा. दास बताउँछन् । तर  त्यही संक्रमण पनि कोरोनाभाइरस कै हो वा  मौसमी फ्लूको हो भनेर निक्र्योल भने परीक्षण गरेर मात्रै थाहा पाइने उनको भनाइ छ ।

‘वर्तमान समयमा कोरोना संक्रमण भएका मानिसहरु मौसमी फ्लू ठानेर वेवास्ता गरी घरमै सामान्य उपचार गरेर बस्ने, मौसमी फ्लू भएकाहरु चाहिँ कोरोना संक्रमणको आंशकाले अस्पताल धाउने गर्दा कोरोना संक्रमणको जोखिम झन बढेको’ उल्लेख गर्दै डा. दास भन्छन्, ‘मौसमी फ्लूले च्याप्दा वा कोरोनाभाइरसको लक्षण देखिँदा पनि शरीर दुख्ने, रुघाखाकी लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने जस्ता मिल्दाजुल्दा नै हुन्छन् । त्यसैले शरीरमा कुन भाइरस प्रवेश गरेको हो भनेर परीक्षण गराउनु जरुरी हुन्छ ।’ यो मौसममा लक्षण देखिएर जाँच नगरिकन बस्दा दुवै थरि भाइरसको इन्फेक्सन भएको अवस्था छ भने बिरामीलाई झन खतरा बढ्न सक्ने डा. दासको भनाइ छ ।

कोरोना संक्रमण र मौसमी फ्लूलाई वायु प्रदुषणले झनै बढाइ दिन्छ 

यो जाडो मौसममा ख्याल गर्नुपर्ने अर्को कुरा वायु प्रदूषण पनि हो । यो मौसममा मौसमी फ्लूसँगै कोरोनाभाइरसको संक्रमणलाई बढाउन वायु प्रदुषणको मुख्य भूमिका हुने डा. दासको कथन छ । उनका अनुसार,  अन्य याममा भन्दा जाडोयाममा वायु प्रदुषण बढ्छ । चारैतिरबाट पहाडले घेरेको कारण काठमाडौं उपत्यकाबाट हावा स्वातन्त्र तरिकाले बाहिर निस्कन नपाउँदा पनि प्रदूषणको समस्या झनै बढ्ने गर्छ ।

यो जाडो मौसममा ख्याल गर्नुपर्ने अर्को कुरा वायु प्रदूषण पनि हो । यो मौसममा मौसमी फ्लूसँगै कोरोनाभाइरसको संक्रमणलाई बढाउन वायु प्रदुषणको मुख्य भूमिका हुने डा. दासको कथन छ ।

वायु प्रदूषणलाई पन्छाउने वा छिन्नभिन्न पारेर टाढा पुर्‍याउनका लागि हावा र पानीको मुख्य भूमिका हुने गर्छ । तर जाडोमा तिव्र गतिमा हावा चल्दैन भने पानी पनि खासै पर्दैन । फलतः वायुमण्डलमा थुप्रिएका वायु प्रदुषण बाक्लिएर जाँदा इन्फुलुन्जा र कोरोनाभाइरसको प्रभाव पनि बढ्ने सम्भावना बढी रहन्छ ।  सोही कारण नै यो जाडो मौसममा कोरोनाभाइरस, मौसमी फ्लू र प्रदूषणको त्रिपक्षीय चपेटामा पर्ने सम्भावना बढी नै हुने डा. दास बताउँछन् ।  ।

बच्न के गर्ने ?

कोेभिड—१९, इनफुलुन्जा र प्रदुषणको त्रिपक्षीय आक्रमणबाट जोगिनका लागि सबै भन्दा मुख्य उपाय मास्क प्रयोग नै भएको छाती रोग विशेषज्ञ डा. दास बताउँछन् । नेपालमा कोरोना महामारी फैलिन सुरु भएसँगै मास्क लगाउने बानीको विकास भएको कुरालाई सकारात्मक बताउँदै डा. दास भन्छन्, ‘चिसोबाट जोगिनलाई न्यानो भएर बस्नुपर्छ । यस्तै तोतो  झोलीलो खानेकुरालाई प्राथमिकता दिनुपर्छ ।’

दीर्घरोगी, वद्धावृद्ध र बालकालिकालाई घर बाहिर ननिस्कन उनको आग्रह छ । ‘उपत्यकामा जाडो मौसममा अत्यधिक प्रदुषण हुन्छ त्यसमा पनि बिहानको समयमा प्रदुषण बढी हुने भएकाले मर्निङवाकको लागि बाहिर निस्कनु उचित हुँदैन । बिहान ५ बजेदेखि  बिहान करिब १० बजेसम्म अत्यावश्यक परेको अवस्थामा बाहेक घर बाहिर ननिस्कँदा नै राम्रो हुने’ उनी बताउँछन् ।

दीर्घरोगी, वद्धावृद्ध र बालकालिकालाई घर बाहिर ननिस्कन उनको आग्रह छ । ‘उपत्यकामा जाडो मौसममा अत्यधिक प्रदुषण हुन्छ त्यसमा पनि बिहानको समयमा प्रदुषण बढी हुने भएकाले मर्निङवाकको लागि बाहिर निस्कनु उचित हुँदैन ।

बिहानको समयमा बाहिर निस्कनुभन्दा घरभित्रै शारीरिक व्यायम गर्न डा.दास सुझाव दिन्छन् । घरभित्र शारीरिक अभ्यास गर्न मिल्दैन भने बिहानको सट्टामा बेलुकी हिँड्ने गर्दा राम्रो हुने डा. दासको सल्लाह छ ।

इन्फुलुन्जाको संक्रमणबाट दीर्घरोगी, वृद्धावृद्ध, बच्चालगायतलाई जोगाउन खोप लगाउनु राम्रो हुन डा. दासको सुझाव छ । इन्फुलुन्जाको खोप लगाएमा कम्तीमा एउटा भाइरसको आक्रमणबाट जोगिन सकिने डा. दास बताउँछन् ।  डा. दासका अनुसार इन्फुलुन्जाको खोप लगाएको व्यक्तिलाई कोरोना   संक्रमण हुँदा समेत गम्भीर खालको समस्या हुने सम्भावना तुलनात्मक रुमा कम रहेको अध्ययनहरुले देखाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप