केन्द्रीय संस्करण
फोटो

तिहारलाई तयार भयो सयपत्री फूल, किसानलाई चटारो (फोटोफिचर)

person explore access_timeकात्तिक २८, २०७७ chat_bubble_outline0

काठमाडौं । तिहारको व्यस्तताले हिन्दू धर्मावलम्बीहरुलाई छपक्कै छोपिसकेको छ । यतिबेला काठमाडौंको नागार्जुन नगरपालिकास्थित इचंगुनारायणका किसानलाई भने ढकमक्क फूलेको सयपत्री फूल टिप्न भ्याइनभ्याइ छ । सो स्थानका किसानहरुले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका छन् । 

तिहारलाई फूलैफूलको पर्वका रुपमासमेत चिनिन्छ । खासगरी यमपञ्चकका पाँचै दिन फूल प्रयोग हुन्छ । काग तिहार, कुकुर तिहार, गाई तिहार तथा लक्ष्मीपूजा, गोरु तिहार र भाइटीकामा फूलको माला प्रयोग हुन्छ ।
तिहारमा सयपत्री र मखमली फूलको खपत बढी हुने गर्दछ । यी दुवै फूल मालाका लागि प्रयोग गरिन्छ ।

इचंगुनारायणसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तिहारलाई लक्षित गरी फूल खेती गरिन्छ । केही दिनदेखि किसानलाई फूल टिप्न भ्याइ–नभ्याइ हुने गरेको छ ।
थोरै मेहनतले धेरै मुनाफा हुने भएपछि कयौँ किसानले व्यावसायिक फूल खेती थालेका हुन् । केही वर्षअघिसम्म विदेशी फूलको बिगबिगी रहने नेपाली बजारमा पछिल्लो समय स्वदेशी उत्पादनले पनि ठुलो हिस्सा ओगट्न थालेको छ ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.