बेलायतमा एक दिनमै ३३ भन्दा हजार बढी संक्रमित
बेलायतमा कोरोना संक्रमितको संख्या महामारी शुरु भएयताकै सबैभन्दा बढी भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । पछिल्लो २४ घन्टामा ३३ हजार ४७० जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
बुधबार संक्रमित संख्या २२ हजार ९५० रहेकोमा आज करिब दश हजार बढी अर्थात ४५.८ प्रतिशत संक्रमित थपिएर संक्रमित संख्या एकैदिनमा ३३ हजार नाघेको हो । यो संख्या बेलायतमा महामारीपछिकै सबैभन्दा उच्च भएको स्वास्थ्य विभागले जनाएको छ । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १२ लाख ९० हजार १९५ पुगेको छ ।
इंग्ल्याण्डमा चार हप्ता लामो लकडाउन लागू गरेको एक हप्तापछि संक्रमितको संख्या अत्यधिक मात्रामा बढेको हो । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले कम्तिमा डिसेम्बर २ तारिख सम्मका लागि इंग्ल्याण्डमा लकडाउन गरेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ५६३ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार ९२८ पुगेको छ । हिजो बुधबार बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको थियो । कोरोनाका कारण ५० हजार भन्दा बढी मृत्यु हुने युरिपियाँ मुलुकमा बेलायत पहिलो मुलुक बनेको छ । यसैगरी विश्वभर सबै भन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका, ब्राजिल, भारत र मेक्सिकोपछि बेलायत पाँचौं स्थानमा रहेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ६६८ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार २६८ जनाको भेन्टिलेतर बेडमा उपचार भैरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ३० जनाको हस्पिटलमा उपचार भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरहराको काखमा सार्वजनिक गरियो एनपीएल ट्रफी, तस्बिरहरु
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
पाँच महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना