यस्तो छ कोरोना भाइरससँग लडिरहेका विश्वका केही देशहरुको अवस्था
एजेन्सी । न्युजिल्यान्डमा बिहीबार कोभिड १९ को सङ्क्रमण तीन जनामा देखिएको छ । एक जना बाहिरबाट आएका व्यक्ति भने दुई जना समूदायभित्रका रहेका बताइएको छ । दक्षिण कोरियामा गत २४ मा १४३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सङ्क्रमतिको संख्या २७ हजार ९४२ पुगेको छ ।
इजरायलमा गत २४ घण्टमा ५७४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कुल सङ्क्रमितको संख्या ३ लाख २१ हजार २३५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । इजरायलमा गत २४ घण्टामा कोरोना भाइरसबाट १५ जनाको मृत्यु भएपछि मृतकको संख्या २ हजार ६९९ पुगेको छ ।
इटालीमा कोरोना भाइरस सङ्क्रमितको संख्या १० लाख नाघेको यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । इटालीमा एकै दिनमा करिब ३३ हजार सङ्क्रमित भेट्टिएपछि यहाँ कुल सङ्क्रमितको संख्या १० लाख २८ हजार ४२४ पुगेको छ ।
स्पेनमा कोरोना भाइरस सङ्क्रमणको कारण ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । गत २४ घण्टामा स्पेनमा ३४९ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ४० हजार १०५ पुगेको छ । त्यसैगरी स्पेनमा एकै दिनमा १९ हजार ९६ जना सङ्क्रमित थपिएपछि कुल सङ्क्रमतिको संख्या १४ लाख १७ हजार ९६ पुगेको सो मन्त्रालयले जानकारी दिएको छ ।
विश्वभर पाँच करोड १९ लाख ७५ हजारभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएको जोन हकिन्स विश्वविद्यालयद्वारा संकलन गरिएको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा बढी अमेरिकामा एक करोड ३८ लाख चारहजारभन्दा बढी सङ्क्रमित रहेका छन् भने भारतमा ८६ लाख ३६ हजारभन्दा बढी सङ्क्रमित रहेका छन् ।
अमेरिका र भारतपछि बढी सङ्क्रमित भएका मुलुकहरूमा क्रमशः ब्राजिलमा करिब ५७ लाख, फ्रान्समा १९ लाख १४ हजार, रूसमा १८ लाख, स्पेनमा १४ लाख, अर्जेन्टिनामा १२ लाख, बेलायतमा १२ लाख र कोलम्बियामा ११ लाख र इटालीमा १० लाखभन्दा बढी सङ्क्रमित रहेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु