बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटनमन्त्री भट्टराईद्वारा पर्वतारोण शिक्षाको शुभारम्भ

बिहीबार, २७ कात्तिक २०७७, १९ : ४३
बिहीबार, २७ कात्तिक २०७७

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा रहेको ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित भानुजन माध्यमिक विद्यालयमा आज पर्यटन तथा पर्वतारोण शिक्षाको शुभारम्भ गरेका छन् ।

मन्त्री भट्टराईले विश्व पर्यटनको केन्द्रमध्ये नेपाल पनि एक भएकाले यहाँको पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास गर्न पर्यटन शिक्षाको आवश्यकता भएको बताउँदै हिमाल आरोहण गर्न वर्षेनी हजारौँ पर्यटक विदेशबाट आउने र स्वदेशी पनि हिमाल चढ्ने हुँदा त्यसमा सघाउन आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन शिक्षाको शुरु गरिएको बताए  ।


सो अवसरमा पर्यटन तथा पर्वतारोण शिक्षाका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नाथम) का कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली र भानुजन माविमा प्रधानाध्यापक किशोर राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा प्रतिष्ठानले कक्षा ११ र १२ को पर्यटन र पर्वतारोहणसँग सम्बन्धित विषय अध्ययन अध्यापन गराउन प्रशिक्षक उपलब्ध गराउने, पर्यटन र पर्वतारोहण विषयका पाठयक्रम र अध्ययन सामाग्री उपलब्ध गराउने आवश्यकता अनुसार अन्य प्राविधिक र शैक्षिक सहयोग गर्ने र विद्यालयले पर्यटन तथा पर्वतारोहण विषय अध्यायन गराउने, अध्यापन गराउने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप