बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा १८९ जना कारोना सङ्क्रमित थपिए

बिहीबार, २७ कात्तिक २०७७, १९ : १७
बिहीबार, २७ कात्तिक २०७७

प्रदेश  १ मा पछिल्लो २४ घण्टाका अवधिमा १८९ जना कोरोना सङ्क्रमित थप भएका छन् । सो अवधिमा गरिएको ८४७ जनाको पिसिआर परीक्षणमा ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सङ्क्रमित हुनेमा मोरङमा ७० मध्ये विराटनगरमा ३७, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा दुई÷दुई, इलाम, तेह्रथुम र भोजपुर एकएक र प्रदेश बाहिरका नौ  जना  छन् । प्रदेशमा आज ६६२  सङ्क्रमितसहित अहिलेसम्म  १६ हजार ४१८ जना निको भएर घर फर्किएका छन् । प्रदेशमा हालसम्म एक लाख ७५ हजार ६४९ जनाको पिसिआर परीक्षण  गरिएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप