जानकी मेडिकल कलेजका अनसनरत कर्मचारीद्वयको स्वास्थ्य अवस्था गम्भीर, आईसियुमा भर्ना
![जानकी मेडिकल कलेजका अनसनरत कर्मचारीद्वयको स्वास्थ्य अवस्था गम्भीर, आईसियुमा भर्ना](https://rpcdn.ratopati.com/media/albums/janaki-medical-karmachari_ciY90DOI06.png)
जनकपुर । जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा विगत १२ दिनदेखि आमरण अनसनमा बसेका दुईजना कर्मचारीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि आईसियुमा भर्ना गरिएको छ । कलेज परिसरमै कार्तिक १६ गतेदेखि अनसनमा बसेका कर्मचारीद्वय जानकीशरण यादव र कुलदीप साहको स्वास्थ्य अवस्था बिग्रेपछि उनीहरुलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको हो ।
कलेज व्यवस्थापनले कर्मचारीसँग विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै अस्पतालका यादव र साह अनसनमा बसेका हुन् । आन्दोलित कर्मचारीले आकस्मिक बाहेकका सबै सेवाहरु गत असोज १२ गतेदेखि नै ठप्प पार्दै आएका छन् । उनीहरुले कलेजले आफुहरुको विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्ष यताको दसैँ खर्च र नियमित तलब भत्ता नदिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
विगतमा विभिन्न पटक गरिएको सहमतिहरु अस्पताल पक्षले कार्यान्वयन नगरी उल्टै प्रहरी प्रशासन लगाएर आफुहरुलाई धम्क्याउने गरेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको कर्मचारी हकहित संरक्षण संघर्ष समितका संयोजक उमेश यादवले बताए ।
अस्पतालमा व्यवस्थापकीउ सुधार तथा श्रम शोषण विरुद्ध विभिन्न माग राखी जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरु अनसनमा बसे पनि सम्बन्धित पक्षले बेवास्ता गरेको भन्दै स्वास्थ्य शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले समेत विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता