शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ उचाइ बनाउँदै सेयर बजार, पौने पाँच अर्बको कारोबार

बिहीबार, २७ कात्तिक २०७७, १६ : १०
बिहीबार, २७ कात्तिक २०७७

काठमाडौं । नेप्से सूचक १०.८२ अंकले बढेर १७१८.५० विन्दुमा आइपुगेको छ । साताको अन्तिम कारोबारमा १ सय ९८ कम्पनीको ४ अर्ब ८२ करोड भन्दा बढीको कारोबार भएको छ । १ करोड ३८ लाख कित्ताभन्दा बढी सेयर खरिद बिक्री भएको छ । 

कुल १२ समूहमध्ये ५ को सूचक हरियो भएको छ भने बाँकी समूह तल झरेका छन् । सबैभन्दा धेरै व्यापारिक समूहको सूचक १६४.७१ अंकले वृद्धि भएको छ । वाणिज्य बैंक समूहको सूचक पनि १०.२१ अंकले बढेको छ  । विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीको भाउ तर सर्किट लाग्ने गरी बढेको छ ।

सबैभन्दा बढी गणपति माइक्रो फाइनान्सका लगानीकर्ताले ५.२३ प्रतिशतले गुमाएका छन् । सबैभन्दा बढी खरिद बिक्री नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यसको २८ करोड ५५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । दोस्रोमा नेपाल टेलिकम र तेस्रोमा प्रभु बैंक रहेको छ । नेप्से सूचक तथा अन्य उपसूचकहरुले नयाँ उचाईहरु बनाइरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप