बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धुम्रपानका कारण मस्तिष्क रक्तश्राव हुने खतरा

बिहीबार, २७ कात्तिक २०७७, ११ : २७
बिहीबार, २७ कात्तिक २०७७

एजेन्सी – धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । धुम्रपानले शारिरीक, मानसिक स्वास्थ्यसँगसँगै सामाजिक रुपमा पनि नराम्रो बनाउँछ । धुम्रपान गर्ने बानीले विभिन्न प्रकारका ज्यानमारा रोग लाग्ने गर्छ । धुम्रपान गर्दा मुटु, फोक्सोदेखि लिएर मस्तिष्कलाई पनि खतरा पुर्याउँछ ।

एक नयाँ अध्ययनका अनुसार धुम्रपानले रक्तश्राव स्ट्रोक जस्ता ज्यानमारा रोग लाग्छ । 

फिनल्याण्डको हेलसिन्की विश्वविद्यालयका छात्र इलारी रुटालिनको अध्ययनले धुम्रपान र रक्तश्रावको बीच गहिरो सम्बन्ध हुने पत्ता लगाएको छ । 

जसको अनुसार धुम्रपान गर्दा रक्तचाप उच्च हुन्छ जसको कारण कुनै पनि व्यक्तिले शरीरिक गतिविधि गर्न असमर्थ हुन्छ । जसले मस्तिष्क रक्तश्राव हुन सक्छ । अमेरिकाका हार्ट एसोशियसन (एएचए) का विज्ञान र चिकित्साका उपप्रमुख डाक्टर रोज म्यारी रोबर्टसनका अनुसार धुम्रपानले उपराचोनोइड रक्तस्रावको खतरा हुन्छ । 

धुम्रपान गर्ने बानीबाट छुटकारा पाउनका लागि आफूले आफूलाई केही समय शान्त राख्नुपर्छ । दैनिक जीवनमा गरिने भागदौडबाट टाढा रहेर दैनिक व्यायाम गर्ने, मनपर्ने गीतसंगित सुन्ने, साथीभाईसँग समय बिताउने जस्ता बानीले विस्तारै धुम्रपान छोड्न सकिन्छ । 

त्यसैगरी, धुम्रपान गर्न तलतल लागेमा त्यसको साटो फलफूलको सेवन गर्ने साथै, चपाउने विभिन्न स्वस्थकर खाना खाने गर्दा विस्तारै धुम्रपान गर्ने बानी हराउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप