शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘चिलगाडी’मा भित्रिए कालीप्रसाद

बिहीबार, २७ कात्तिक २०७७, ११ : ०४
बिहीबार, २७ कात्तिक २०७७

काठमाडौं – सेलिब्रेटी नेपालको ब्यानरमा सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्न लागेको फिल्म ‘चिलगाडी’मा कालीप्रसाद बास्कोटाको संगित रहने भएको छ । 

पारी त्यो डाँडामा, निरा जहिले रिसाउने, साली मन पर्यो जस्ता चर्चित गीतका संगीतकार बास्कोटालाई फिल्मको संगीतका लागि अनुबन्धित गरेको निर्माता सापकोटाले जानकारी दिए । काली प्रसादले फिल्मका लागि उत्कृस्ट गीत बनाउने निर्माण टिमले बिस्वाश लिएको छ । 

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहने फिल्ममा नाजिरको अपोजिट नायिकाको लागि चयन हुन बाँकी रहेको छ । 

सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने ‘चिलगाडी’ले युवापुस्ताको कथामा समेट्न लागेको छ । 

फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् भने फिल्मलाई जनकदिप पराजुलीले निर्देशन गर्देछन् । अगामि फागुनबाट फ्लोरमा जाने बताइएको फिल्म नयाँ बर्षको दशैमा रिलिज हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप