केन्द्रीय संस्करण
स्वास्थ्यका कुरा

स्यानिटाइजर : ९५ प्रतिशत भाइरस त मार्छ, जथाभावी प्रयोगले समस्या पनि पार्न सक्छ !

साबुनपानी र स्यानिटाइजरको प्रयोग कसरी गर्ने ? यस्तो छ छालारोग विशेषज्ञ प्रा.डा. धर्मेन्द कर्णको सल्लाह

person explore access_timeकात्तिक २७, २०७७ chat_bubble_outline0


 

 

विश्व नै कोरोना महामारीबाट आक्रान्त छ । कोरोना महामारीकै कारण दिनप्रतिदिन विभिन्न समस्याहरु बढ्दै गइरहेका छन् । श्वासबाट र हावाबाट सर्ने एकप्रकारको शुक्ष्म भाइरसको असरलाई रोक्न विभिन्न उपायहरु अपनाइएका छन् । तीमध्ये सबैभन्दा भरपर्दो उपाय साबुनपानीले हात धुने तथा स्यानिटाइजरको प्रयोग हो ।

सामान्यतया भाइरसका अंशहरु हाच्छ्यू गर्दा वा खोक्दा श्वासको माध्यमबाट बाहिरिन्छ । त्यस्ता भाइरसहरु हावामा तैरिएर तथा विभिन्न बस्तुहरुमा टाँसिएर हाम्रो वरीपरी केही घण्टादेखि दिनसम्म पनि रहन सक्ने अध्ययनहरुले बताएको छ । त्यस्ता भाइरससँग सम्पर्कमा आउँदा मूलत: हाम्रो हात तथा अन्य भाग हुँदै शरीरभित्र हाम्रा आफ्नै क्रियाकलापमार्फत प्रवेश गर्न सफल हुन्छ । तर हामीले नियमित रुपमा साबुनपानीले हात धुने हो वा स्यानिटाइटरको प्रयोग गर्ने हो भने ती भाइरसहरु तुरुन्तै मर्छन् र हाम्रो शरीरमा प्रवेश गर्न पाउँदैन ।

त्यसैले अहिलेसम्म खोप र औषधी अन्तिम रुपमा पत्ता नलागिसकेको यो भाइरसको संक्रमणबाट बच्नका लागि अवलम्बन गरिने मध्ये सबैभन्दा सजिलो र सवैको पहुँचमा हुने भनेको साबुनपानीले हात धुनु हो । विश्व स्वास्थ्य संगठनलगायत विश्वका कोरोना प्रभावित मुलुकका सरकारले नै कोरोनाबाट जोगिने प्रमुख शर्तका रुपमा हात धुनुलाई अभियान कै रुपमा अगाडि बढाएका छन् ।

अहिलेसम्म खोप र औषधी अन्तिम रुपमा पत्ता नलागिसकेको यो भाइरसको संक्रमणबाट बच्नका लागि अवलम्बन गरिने मध्ये सबैभन्दा सजिलो र सवैको पहुँचमा हुने भनेको साबुनपानीले हात धुनु हो । विश्व स्वास्थ्य संगठनलगायत विश्वका कोरोना प्रभावित मुलुकका सरकारले नै कोरोनाबाट जोगिने प्रमुख शर्तका रुपमा हात धुनुलाई अभियान कै रुपमा अगाडि बढाएका छन् ।

साबुनपानीको प्रयोग गर्न नसिकने अवस्थामा वा साबुनपानी उपलब्ध नभएको अवस्थामा स्यानिटाइजर अर्को भरपर्दो विकल्पको रुपमा आएको हो । तर यसको जथाभावी प्रयोगले हाम्रो छालामा नकारात्मक असर गर्छ भन्ने बारे आम नागरिक सचेत हुन जरुरी छ । हुनत साबुनपानीको बारम्बार प्रयोगले पनि विभिन्न छालाका समस्याहरु देखिएका छन् ।

साबुनपानी र स्यानिटाइजरको प्रयोग, यसको उपयोगिता अनि यसले छालामा गर्ने असरबारे हामीले वरिष्ठ छालारोग विशेषज्ञ प्रा.डा. धर्मेन्द कर्णसँग कुराकानी गरेका छौं । सोही कुराकानीको सम्पादित अंश प्रस्तुत छः

स्यानिटाइजर र साबुनपानी दुवै किटाणु नाश गर्नका लागि प्रयोग गरिन्छ । स्यानिटाइजरले भाइरस, व्याक्टेरियालाई ९५ प्रतिशत मात्रै नष्ट गर्न सक्छ तर हातमा भएका सबै फोहोरहरुलाई सफा गर्न सक्दैन । साबुनपानीले हातमा रहेका भाइरस तथा व्याक्टेरियालाई नष्ट गर्नुका साथै टाँसिएर रहेका फोहोरलाई पखालेर सफा पार्न सक्छ । त्यसैले साबुनपानीको उपलब्धता नहुने खण्डमा मात्रै स्यानिटाइजरको प्रयोग गर्नु उचित मानिन्छ ।

छालाको लागि साबुनपानी र स्यानिटाइजरमा कुन बढी उपयोगी?

हाम्रो शरिरको सबैभन्दा धेरै चल्ने अंग मध्येका एक हो हात । हात शरीरका नाक मुख आँखालगायतका सवै अंगमा बारम्बार गइनै रहने भएकाले पनि संक्रमणबाट बच्न नियमित साबुनपानीले हात धुने बानीको विकास गर्नु निकै आवश्यक छ ।

हातलाई निर्मलीकरण गर्न अथवा किटाणुमुक्त बनाउन हात साबुनपानीले धोइराख्नुपर्छ । हातमा रहेका विभिन्न किसिमका जिवाणु, विषालु तत्वहरु अनि फोहोरलाई साबुनपानीले राम्रोसँग हटाउन सक्छ । सवैभन्दा उपयोगी, सजिलै पाइने र सवैको पहुँचमा हुने सजिलो उपाय भनेको साबुनपानीले हात धुनु नै हो ।

हातलाई निर्मलीकरण गर्न अथवा किटाणुमुक्त बनाउन हात साबुनपानीले धोइराख्नुपर्छ । हातमा रहेका विभिन्न किसिमका जिवाणु, विषालु तत्वहरु अनि फोहोरलाई साबुनपानीले राम्रोसँग हटाउन सक्छ । सवैभन्दा उपयोगी, सजिलै पाइने र सवैको पहुँचमा हुने सजिलो उपाय भनेको साबुनपानीले हात धुनु नै हो ।

तर सधैं र सर्वत्र साबुनपानी उपलब्ध हुन्छ नै भन्ने पनि हुँदैन । त्यसैले साबुनपानी उपलब्ध नहुने अवस्थाका तथा सजिलोको लागि पनि विकल्पमा आजभोलि बजारमा किटाणुनाशक उपायको रुपमा ‘ह्याण्ड स्यानिटाइजर’को उपयोगिता बढेको पाइन्छ ।

६० देखि ९५ प्रतिशत अल्कोहल, ग्लिसिरिन, हाड्रोजन पेरोअक्साइड र डिस्टिल वाटरको प्रयोग गरी स्यानिटाइजर बनाइएको हुन्छ । बास्तवमा स्यानिटाइजर र साबुनपानी दुवै किटाणु नाश गर्नका लागि प्रयोग गरिन्छ । स्यानिटाइजरले भाइरस, व्याक्टेरियालाई ९५ प्रतिशत मात्रै नष्ट गर्न सक्छ तर हातमा भएका सबै फोहोरहरुलाई सफा गर्न सक्दैन । साबुनपानीले हातमा रहेका भाइरस तथा व्याक्टेरियालाई नष्ट गर्नुका साथै टाँसिएर रहेका फोहोरलाई पखालेर सफा पार्न सक्छ । त्यसैले साबुनपानीको उपलब्धता नहुने खण्डमा मात्रै स्यानिटाइजरको प्रयोग गर्नु उचित मानिन्छ । सम्भव भएसम्म सकभर साबुनपानीको प्रयोग गर्नु राम्रो हो ।

स्यानिटाइजर प्रयोग गर्दा हत्केलामा केही मात्रा लिएर हातको सवै भागमा दल्नु पर्छ । साबुनपानीको प्रयोग गर्दा २० सेकेण्डसम्म साबुनले हात मिचिमिचि धुनुपर्छ । त्यसैगरी, स्यानिटाइजर पनि नसुकुन्जेलसम्म हातको सबै भागमा पुग्नेगरी माड्नुपर्छ ।

घरबाहिर रहँदा साबुनपानी उपलब्ध नहुन सक्छ । त्यो अवस्थामा विकल्पको रुपमा स्यानिटाइजरको प्रयोग गर्न सकिन्छ । तर त्यसलाई अत्यावश्यक अवस्थामा र उपयुक्त मात्रामा प्रयोग गर्नुपर्छ । स्यानिटाइजर प्रयोग गर्दा हत्केलामा केही मात्रा लिएर हातको सवै भागमा दल्नु पर्छ । साबुनपानीको प्रयोग गर्दा २० सेकेण्डसम्म साबुनले हात मिचिमिचि धुनुपर्छ । त्यसैगरी, स्यानिटाइजर पनि नसुकुन्जेलसम्म हातको सबै भागमा पुग्नेगरी माड्नुपर्छ । विशेष गरेर ट्राभल गर्दा, घरबाहिर वा बजार जाँदा, कार्यालयमा रहँदा स्यानिटाइजरको प्रयोग गर्न उचित हुन्छ । स्यानिटाइजर जहिले पनि गुणस्तरीय छ कि छैन जाँच गरेर मात्रै किन्नुपर्छ र यसको सही तरिकाले प्रयोग गर्नुपर्छ ।

स्यानिटाइजर र साबुनले छालामा कस्तो असर गर्छ?

धेरै साबुनपानी र स्यानिटाइजरको प्रयोगले हात सुख्खा हुने, फुट्ने (चिरा पर्ने), नङ पाक्ने, घाउ हुने जस्ता समस्या बढदै गइरहेका छन् । सामान्यतया हामीले कतिवेला र कसरी हात धुने बारे ख्याल नगर्दा यस्ता समस्या आएका हुन् ।

जथाभावी र गुणस्तर नहेरी साबुन र स्यानिटाइजरको प्रयोगले अहिले एलर्जी हुने, नङ दुख्ने, नङ पाक्ने, छालामा घाउ हुने समस्या लिएर अस्पताल आउनेहरु बढेका छन् । छालाका समस्यालाई हामी सामान्य मान्छौं तर यसले लामो समयसम्म दुःख दिन सक्छ । त्यसैले सचेत हुनु जरुरी छ ।

साबुन पानी या स्यानिटाइजरको अत्यधिक प्रयोगले छालाको बाहिरी भागलाई नरम बनाइराख्ने चिल्लो पदार्थ र प्रोटीन नस्ट गरिदिन्छ । फलतड्ड छाला सुख्खा हुने, एलर्जी आउने वा कतिपयमा घाउ हुने समस्या देखिन्छ । धेरै साबुन प्रयोग गर्दा नङका भित्री भागमा केमिकल छिर्ने र त्यसले संक्रमण गराउन सक्छ ।

साबुन पानी या स्यानिटाइजरको अत्यधिक प्रयोगले छालाको बाहिरी भागलाई नरम बनाइराख्ने चिल्लो पदार्थ र प्रोटीन नस्ट गरिदिन्छ । फलत छाला सुख्खा हुने, एलर्जी आउने वा कतिपयमा घाउ हुने समस्या देखिन्छ । धेरै साबुन प्रयोग गर्दा नङका भित्री भागमा केमिकल छिर्ने र त्यसले संक्रमण गराउन सक्छ ।

छालामा समस्या देखिएको खण्डमा कडा खालको साबुनको सट्टामा मोइस्चरयुक्त साबुनको प्रयोग गर्न सकिन्छ । साथै वेवी स्याम्पुले हात धुन सकिन्छ या त बजारमा पाइने मोइस्चरयुक्त ह्याण्डवासहरुको प्रयोग गर्न पनि सकिन्छ । खाना बनाउनु र खानु अगाडि, बाथरुमको प्रयोग गरेपछि, घरबाहिर गएर आएपछि, भेटघाटपछि, फोहोर व्यवस्थापनपछि, बगैंचाको काम गरेपछि अनिवार्य रुपमा साबुनपानीले हात धुने बानी बसाल्नुपर्छ । यथासक्य छालाको नरमपनालाई जोगाउन हातमा मोइस्चरयुक्त पदार्थ लगाउनुपर्छ । 

गुणस्तरीय स्यानिटाइजरको प्रयोगले छालाको एलर्जी र सुख्खा बनाउने समस्या कम हुन्छ । गुणस्तरीय स्यानिटाइजरमा छालालाई चिल्लो बनाउने तत्त्व जस्तै, ग्लिसिरिन मिश्रित हुन्छ ।

कतिवेला स्यानिटाइजरको प्रयोग नगर्ने?

स्यानिटाइजरको प्रयोग जतिबेला पनि गर्नु उचित होइन । जस्तोः बाथरुम गएर निस्किँदा कहिल्यै पनि स्यानिटाइजरको प्रयोग नगरौं । बाथरुममा जहिले पनि साबुनपानीले हात धुने गरौं । बगैंचामा काम गर्दा, माटो बालुवा चलाउँदा, फोहोर व्यवस्थापन गर्दा र बजार गएर आएपछि पनि स्यानिटाइजरको प्रयोग होइन, साबुनपानीले नै हात धुने गरौं ।

स्यानिटाइजरको प्रयोग जतिबेला पनि गर्नु उचित होइन । जस्तोः बाथरुम गएर निस्किँदा कहिल्यै पनि स्यानिटाइजरको प्रयोग नगरौं । बाथरुममा जहिले पनि साबुनपानीले हात धुने गरौं । बगैंचामा काम गर्दा, माटो बालुवा चलाउँदा, फोहोर व्यवस्थापन गर्दा र बजार गएर आएपछि पनि स्यानिटाइजरको प्रयोग होइन, साबुनपानीले नै हात धुने गरौं ।

अर्को महत्वपूर्ण कुरा चिसो मौसमको सुरु भएको छ र चिसो बढेसँगै हामी आगो ताप्ने र हिटर बालेर बस्ने गर्छौ यस्तोमा स्यानिटाइजरको प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ ।

स्यानिटाइजरमा प्रज्वलनशील तत्व अल्कोहल हुन्छ । त्यसैले स्यानिटाइजर लगाएर हिटर वा आगो नजिक कहिल्यै पनि नबसौं । स्यानिटाइजर लगाएर भान्छामा पनि काम नगरौं । स्यानिटाइजर लगाएर तत्काल आगो वा हिटर नजिक जाँदा हातमा आगो टिप्न सक्छ । यस्ता घटना धेरै घटिसकेका छन् ।

स्यानिटाइजरमा धेरै किसिमका सुगन्धित तत्व मिसाएको हुन्छ । ती सुगन्ध बच्चाहरुलाई मनपरेर उनीहरुले खान पनि सक्छन् । यो बच्चाहरुका लागि एक्सिडेन्टल पोइजनिङ हुन सक्छ । त्यसैले स्यानिटाइटर जहिले पनि केटाकेटीले नभेट्ने सुरक्षित ठाउँमा राख्नपर्छ । त्यसैगरी, अल्कोहोलिक व्यक्तिहरुले अल्कोहोल उपलब्ध नभएको खण्डमा यसलाई खाइदिन सक्छन् । यो पिउनका लागि नभएर किटाणु नासकको रुपमा बनाइएको हुन्छ । यसमा ध्यान पुर्याउन जरुरी छ । त्यसैले घरमा सकेसम्म स्यानिटाइजरको प्रयोग नगरौं र गर्नै परेमा निकै ध्यान पुर्याएर मात्र गरौं ।

स्यानिटाइजरको गुणस्तर जाँच गर्ने उपाय

आजभोलि बजारमा विभिन्न ब्राण्डको स्यानिटाइजर छ्यापछ्याप्ती पाइन्छ । कुन स्यानिटाइजर गुणस्तरीय र कुन कमसल– पत्तै हुँदैन । स्यानिटाइजर छान्ने एउटा सरल उपाए भनेको सरकारी तथा गैरसरकारी संस्थाहरुले ल्यावमा परिक्षण गरेर ल्याएको छापसहितको छानेर किन्ने हो ।

नेपालमा औषधि व्यवस्था विभागले अहिले स्यानिटाइजरको गुणस्तर मापन गर्ने र बजारमा पठाउने गरेको छ । स्वदेशी र सरकारले परीक्षण गरेर बजारमा पठाएका स्यानिटाइजरको प्रयोग गर्न सकिन्छ ।

कति स्यानिटाइजरमा मिथानोलको मात्रा बढी पाइन्छ । मिथानोल एक किसिमको हानिकारक अल्कोहल हो । र यसको जाँच ल्यावमा मात्रै गर्न सकिन्छ । जसमा अल्कोहलको इम्प्युरिटिज र अर्को ग्यास क्रोम्याटोग्राफीको मात्रा हेरिन्छ । यो सवै सर्वसाधारणले हेर्न सम्भव हुँदैन । त्यसैले ल्याव परिक्षणबाट मात्र थाहा पाउन सकिन्छ कि कुन अल्कोहल कत्तिको हानिकारक छ भनेर ।

त्यसो त प्रयोगशालामा जस्तै भरपर्दो र यकिनका साथ गुणस्तर थाहा पाउन नसके पनि सामान्यतया स्यानिटाइजर प्रयोग गर्न लायक छ कि छैन भनेर हामीले घरमै पनि हेर्न सकिन्छ ।

एटा टिस्यु पेपर, बलपेन र एउटा सिक्का लिने । अब, टिस्यु पेपरलाई टेवलमा राख्ने र टिस्युपेपरमाथि सिक्का राखी बलपेनले त्यो सिक्कावरीपरी गोलो घेरा लगाउने (मार्क गर्ने) । र सिक्क हटाएर केही थोपा स्यानिाटाइजर बिच भागमा राख्ने । लिक्वीड छ भने छिटो र जेलवाला स्यानिटाइजर छ भने ढिलो फैलन्छ । बलपेनमा परमानेन्ट इंक हुन्छ जो सजिलै मेटिदैन तर यसलाई अल्कोहलले मेटाउन सक्छ । यदि स्यानिटाइजरमा अल्कोहलको मात्रा पर्याप्त छ भने त्यो बलपेनले मार्क गरिएको इंक हटेर जान्छ । र, यदि त्यो मार्क गरिएको इंक मेटिएन भने त्यो स्यानिटाइजरमा उपयुक्त मात्रामा अल्कोहल छैन भन्ने बुझ्न सकिन्छ ।

हेयर ड्रायरको प्रयोगबाट पनि जाँच्न सकिन्छ । हेयर ड्रायर लिने र प्रयोग गर्ने स्यानिटाइजरलाई सानो कचौरामा राख्ने र अर्को कचौरामा साबुनपानी राख्ने । अव हेयर ड्रायरले टाढैबाट तताउने । साबुनपानी उडेन तर अर्को कचौराको स्यानिटाइजर उडेर गयो भने स्यानिटाइजरमा पर्याप्त मात्रामा अल्कोहल छ र यो उपयोग गर्न ठिक छ भन्ने जान्नुपर्छ ।

मकै वा गहुँको पिठोबाट पनि स्यानिटाइजरको परीक्षण गर्न सकिन्छ । पिठोमा स्यानिटाइजर राख्ने । त्यो पिठो मुछ्दा मुछिये वा गिलो भयो भने त्यो स्यानिटाइजर उपयुक्त छैन भन्ने बुझ्नुपर्छ । तर पिठो जस्ताको तस्तै रह्यो भने त्यो स्यानिटाइजरमा उपयुक्त मात्रामा अल्कोहल छ र त्यो प्रयोग गर्न उपयुक्त छ भन्ने बुझ्नु पर्छ । बुझौ कि पिठो मुछ्नलाई पानी नै चाहिन्छ । पिठो मुछियो वा गिलो भयो भने स्यानिटाइजरमा पानीको मात्रा बढी छ र यो भाइरस वा किटाणु नास गर्न उपयुक्त छैन भन्ने बुझ्नु पर्छ ।

छालालाई सुख्खा हुनबाट यसरी जोगाऔं

बिस्तारै चिसो बढिरहेको छ । चिसो बढ्दै जाँदा छाला पनि सुख्खा र रुखो हुँदै जान्छ । सुख्खा छालामा साबुनपानी र स्यानिटाइजरको अत्यधिक प्रयोग हुँदा यसले छाला झनै सुख्खा र चिरा पर्न सक्छ । त्यसैले मोइस्चराइज्डयुक्त साबुनको प्रयोग गनुपर्छ र जतिपटक हात धोइन्छ त्यतिनै पटक हातमा मोइस्चराइजर वा पेट्रोलियम जेली लगाउने गर्नुपर्छ ।

चिसो बढ्दै जाँदा छाला पनि सुख्खा र रुखो हुँदै जान्छ । सुख्खा छालामा साबुनपानी र स्यानिटाइजरको अत्यधिक प्रयोग हुँदा यसले छाला झनै सुख्खा र चिरा पर्न सक्छ । त्यसैले मोइस्चराइज्डयुक्त साबुनको प्रयोग गनुपर्छ र जतिपटक हात धोइन्छ त्यतिनै पटक हातमा मोइस्चराइजर वा पेट्रोलियम जेली लगाउने गर्नुपर्छ ।

घरमा काम गर्दा सामान्यतया भाडा माझ्दा, लुगा धुँदा, बगैंचा वा करेसाबारीमा काम गर्दा पन्जाको प्रयोग गर्न सकिन्छ । पटकपटक साबुन र स्यानिटाइजरको प्रयोगले छालाको बाहिरी भागको चिल्लो र प्रोटिनयुक्त भागलाई ड्यामेज गरिदिने भएकाले बेलाबेलामा मोइस्चराइजरको प्रयोग गरिरहनुपर्छ । यदि, छाला पोल्ने अनि धेरै चिलाउने समस्या भइरह्यो भने छालारोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ ।

कहिलेकाहीँ छाला धेरै सुख्खा हुने र चिरा पर्दा भित्री भागमा इन्फेक्सन हुन सक्ने सम्भावना हुन्छ । त्यसैले साबुनपानीको बारम्बार प्रयोग र स्यानिटाइजरको प्रयोग गर्दा आफ्नो छालाको स्वास्थ्यमा पनि विशेष ध्यान दिने गरौं र गुणस्तरीय वा मोइस्चर (चिल्लो पदार्थ मिश्रित) भएको साबुनको प्रयोग गरौं । स्यानिटाइजर खरिद गर्दा पनि गुणस्तरीय हो या होइन भन्ने बारे विशेष ध्यान दिने गरौं ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.