नेपालकै दोस्रो ठूलो पेट्रोलियम डिपो पोखरामा बन्ने, उद्योगमन्त्री भट्टले आज शिलान्यास गर्दै

काठमाडौं – अम्लेखगंज पेट्रोलियम डिपो पछिको नेपालकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण डिपो पोखरामा बन्ने भएको छ ।
पोखरा महानगरपालिका २९ मा एक करोड लिटर अर्थात् १० हजार किलोलिटर भण्डारण क्षमताका दुई वटा ट्याङ्की निगमलेमा निर्माण गर्ने भएको हो ।
कुल ७७ रोपनीमा बन्ने उक्त डिपोको आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सिलन्यास गर्दै छन् ।
कुल ७७ करोड (भ्याट बाहेक) अनुमानित लागतमा बन्ने उक्त डिपो दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गरिसक्ने निगमले जनाएको छ । सो डिपो निर्माण कार्य सम्पन्न भई संचालनमा आएसँगै गण्डकी प्रदेशका ५(६ जिल्लाको ४५ देखि ५० दिनको माग धान्ने निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । हाल उक्त डिपोको भन्डारण क्षमता कुल २ हजार ६ सय ३० किलोलिटर अर्थात् २ लाख ६ हजार ३ सय ९२,६०,३००० लिटर रहेको छ ।
जसमध्ये ३५० किलोलिटर पेट्रोल र २,२८० किलोलिटर डिजेल रहेको छ ।
यता नेपालकै सबैभन्दा ठूलो पेट्रोलियम पदार्थ भण्डारण डिपो अम्लेखगंज डिपोको भण्डारण क्षमता कुल २ करोड १९ लाख लिटर रहेको छ ।
२ करोड लिटर डिजेल र १९ लाख लिटर पेट्रोल भण्डारण क्षमता रहेको सो डिपोमा समेत निगमले थप ४ हजार एक सय किलोलिटर क्षमता विस्तार गर्ने योजना बनाएको छ ।
कम्तिमा पनि ९० दिनको पेट्रोलियम पदार्थको माग धान्न पुग्ने गरी भण्डारण क्षमता बढाउने लक्ष्य राखेको निगमले सोही लक्ष्य अनुरुप पछिल्लो समय डिपो विस्तारको कामलाई तीव्रता दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक