कोरोना रोकथाममा ७ अर्ब बजेट निकासा
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम शीर्षकमा झन्डै ७ अर्ब रुपैयाँ निकासा पाएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७÷७८ मा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि हालसम्म ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको हो । संक्रमित व्यवस्थापन, कट्याक्ट ट्रेसिङ र जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार रुपैयाँ निकासा भएको छ ।
प्रयोगशाला परीक्षणका लागि हालसम्म १ अर्ब १२ करोड ४० लाख तथा आईसीयू, भेन्टिलेटर र औषधि सुदृढीकरणका लागि १ अर्ब २९ करोड ९० लाख रुपैयाँ निकासा भएको छ । सो विनियोजित रकममा हाई डेपिसेन्सी युनिटका लागि विनियोजित ३ अर्ब २५ करोड समावेश भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
देशभर बुधबार २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्यासहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैत्रीपूर्ण फुटबलमा सेना विजयी
-
विद्यार्थीको अवधारणा उद्योगसँग जोड्दै सफ्टवेरिका कलेज
-
प्रधानमन्त्री ओलीले गरे कुमारी देवीको दर्शन
-
सुनको मूल्य तोलामा १ लाख ७८ हजार रुपैयाँ नजिक पुग्यो
-
अमेरिकामा टिकटक किन्ने टन्नै छन् : ट्रम्प
-
उत्कृष्ट प्रदर्शन र कीर्तिमानको ओइरोबिच पहिलो उपाधिको खोजीमा रुमल्लिएका ह्यारी केन