शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा यस वर्षको तिहारमा देउसी भैलो खेल्न नपाइने

बुधबार, २६ कात्तिक २०७७, २० : ३०
बुधबार, २६ कात्तिक २०७७

काठमाडौं । ललितपुर जिल्ला प्रशासनले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न र भोज भतेर नगर्ने अनुरोध गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण यस्तो अनुरोध गरेको हो । ललितपुरका सहायक जिल्ला अधिकारी ललितकुमार बस्नेतले सूचना जारी गर्दै स्वास्थ्यमन्त्रालयद्वारा जारी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न पनि आग्रह गरे ।
यस्तै दिपालवलीमा र छठ पर्वमा भुइचम्पा, पटाका पट्काउने आतसबाजीजस्ता कार्य नगर्न पनि भनेको छ ।

जारी सूचनाको बर्खिलाप हुने गरी गरिएको पाइएमा कानुन अनुसार कारबाही गरिने पनि ललितपुर जिल्ला प्रशासनको चेतावनी छ । 

केही दिनअघि नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप