१० नागिन रुपमा यस्तो देखिइन् श्रद्धा
![१० नागिन रुपमा यस्तो देखिइन् श्रद्धा](https://rpcdn.ratopati.com/media/albums/sradda-kapoor_7_AatHpeASK5.jpg)
मुम्बई । अभिनेत्री श्रद्धा कपुर छिट्टै एक फिल्ममा इच्छाधारी नागिनको भूमिका निर्वाह गर्दैछिन् । उनी आफैंले सामाजिक सञ्जाल मार्फत एक फिल्मको सिक्वेलमा आफुले इच्छाधारी नागिनको भूमिका निर्वाह गर्न लागेको बताएकी हुन् । फिल्ममा नागिनको भूमिका निर्वाह गर्न उनी निकै एक्साइटेट छिन् ।
श्रद्धाले अहिले नागिन अवतारको फरक–फरक लुक्स तस्बिर सार्वजनिक गरेकी छन् । जसलाई हेरेर फ्यानले उनीप्रति निकै माया बर्षाइरहेका छन् । श्रद्धाले तस्बिर आफ्नो इस्टाग्राम एकाउन्टबाट शेयर गरेकी हुन् । जसको क्याप्सनमा उनले लेखेकी छन्– ‘केही उत्कृष्ट आर्टको काम तपाईहरु माझ शेयर गर्दैछु । जसलाई तपाईहरुले नै इडिट गरेर प्यारले निर्माण गर्नुभयो । यी सबैको लागि म दिलैदेखि तपाईहरुको आभारी छु । सबैलाई धेरै–धेरै धन्यवाद ।’
श्रद्धाले आफ्नो फरक–फरक १० नागिन लुक्सको तस्बिर समेत सामाजिक सञ्जालमार्फत बाहिर ल्याएकी छन् । हरेक नागिन अवतारमा उनी फरक देखिएकी छन् । उनलाई नागिन लुक्स निकै राम्रो देखिएको छ । उनका हरेक तस्बिरबाट उनी डस्नका लागि तयार रहेको भान हुने गर्दछ ।
फ्यान उनका सबै नागिन तस्बिरको प्रशंसा गरिरहेका छन् । श्रद्धा एक लबस्टोरी फिल्ममा नागिनको अवतारमा देखिन लागेकी हुन् । जसको निर्देशन विशाल फुरियाले गर्दैछन् । यसका निर्माता निखिल द्धिवेदी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह
-
श्रमजीवी पत्रकार संघद्वारा आन्दोलन घोषणा