शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा संसदीय दलका प्रमुख सचेतक गुरुङ अस्पताल भर्ना, गरियो अपरेशन

बुधबार, २६ कात्तिक २०७७, १७ : २४
बुधबार, २६ कात्तिक २०७७

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङ अस्पताल भर्ना भएका छन् । मुत्रथैलीमा समस्या देखिएपछि गुरुङलाई मंगलबार सितापाइलास्थित शुभेच्छा अस्पतालमा भर्ना गरिएको हो ।

अस्पताल भर्ना गरिएका गुरुङको टियूआरपी अपरेशन भएको छ । अस्पतालका एमडी होम अधिकारीकाअनुसार मुत्रथैलीमा समस्या देखेपछि अस्पताल भर्ना भएका गुरुङको मुत्रथैलीको अपरेशन भएको छ । 

गुरुङको पिसाब थैलीमा प्रसर बढेपछि छिनछिनै पिसाब आइरहने समस्या रहेको अधिकारीले जानकारी दिए । ‘नर्मली ३०० ml भन्दा बढी पिसाब जम्मा भएपछि पिसाब गर्छौं । पोस्टेट ग्रन्थी बढेकाले उहाँको अपरेशन गरेका हौं ।’ 

गुरुङको अपरेशन सफल भएको एमडी अधिकारीले बताए । गुरुङको अपरेशन डाक्टर सञ्जय खड्गीको टोलीले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप