अर्थमन्त्रीले व्यवसायीलाई भने-तपाईहरु सरकार भएर सोच्नुस्,म निजी क्षेत्र भएर सोच्छु

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट्न समस्याको पोको बोकेर नीजि क्षेत्रका केही व्यवसायी बुधबार अर्थ मन्त्रालय पुगे । विशेष गरी त्यहाँ नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी ४/५ जना थिए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्षसमेत रहेका राजेशकाजी श्रेष्ठले समस्याको पोको फुकाए र अर्थमन्त्रीलाई सुनाउन थाले ।
उनीहरुले भ्याटलाई १० प्रतिशतमा झार्नुपर्ने, चेक बाउन्सको मुद्दामा कडा कारबाही हुनुपर्ने, स्वदेशी वस्तुको खपत बढाउन भन्सार छुट दिनुपर्ने लगायतका माग राखे । भ्याट कम गर्ने, भन्सार महसुल कम गर्ने, आयकर कम लगाउन व्यवसायीले सुझाए । ताकी यसले भाउ घट्ने र नेपालीहको क्रय शक्ति बढ्ने व्यवसायीको भनाइ थियो । भ्याटको दर दुई तह (१० र १३ प्रतिशत) बनाउनुपर्ने उनीहरुको माग छ । अहिले भ्याटको दर एउटै (१३ प्रतिशत) छ ।
यता व्यवसायी कमलेश अग्रवालले आफुले माग गरेभन्दा बढी राहतको प्याकेज बजेट तथा मौद्रिक नीतिमा सम्बोधन गरेपनि कार्यान्वयन नभएको भन्दै गुनासो गरे । अहिले पनि नीजि क्षेत्र अस्तव्यस्त रहेको भन्दै अग्रवालले निजी क्षेत्रको समस्या समाधान गर्न भने । यता, व्यवसायी दीपक मल्होत्राले जलविद्युतमा डलरमा पिपिए गर्न नपाउँदा अन्यौल सृजना भएको बताए । त्यस्तै मोबाइलमा लगाइएको एक्सरसाइज डयूटी लगाउँदा बजारमा ४० प्रतिशत मोबाइल चोरी पैठारीको कारोबार मौलाएको उनले बताए । यद्यपि अहिले कोरोनाका कारण भएको सिमा नाका बन्दले चोरी पैठारी नभएपनि सामान्य अवस्थामा आउँदा फेरी चोरी पैठारी मौलाउँने तर्फ मन्त्रिलाई सचेत गराए ।
र, अर्थमन्त्रीले भने म नीजि क्षेत्र भएर सोच्छु
व्यवसायीहरुको समस्या गुनासा र सुझाव सुनेपछि अर्थमन्त्री पौडेलले आफु जहिले पनि नीजि क्षेत्रको आत्माविश्वास जितेर अगाडी बढ््ने आश्वासन दिए । सरकार अहिले देशको अर्थतन्त्रको चुनौतीमा केन्द्रित भएको अर्थमन्त्री पौडेलले बताए । उनले भने,‘नीजि क्षेत्रको मनोवल नघटाइ अर्थतन्त्रलाई गतिशील बनाउनु छ । तपाइँहरुको आत्मविश्वास बढाउने मेरो कोसिस हुनेछ । सरकारका तर्फबाट घोषणा गरेको कार्यक्रम कार्यान्वयन हुन्छ ।’
स्टिमुलस प्याकेज, पुनरकर्जा जस्ता विषय कार्यान्वयनमा लैजान कार्यविधिलाई अन्तिम रुप दिएर कार्यान्वयनमा लैजाने मन्त्री पौडेलले भने । उनले आफुु नीजि क्षेत्र भएर सोच्ने र नीजि क्षेत्रले आफुलाई सरकार भएर सोचिदिन आग्रह गरे । ताकी दुबैको समस्या के रहेछ भन्ने थाहा हुन्छ । उनी भन्छन, ‘सरकारले नीजि क्षेत्र भएर सोच्छ, तपाइले सरकार भएर सोचिदिनुस् । जसले एक अर्काको कठिनाइ बुझ्छन् त्यसपछि सरकार र नीजि क्षेत्र बीचमा दूरी हुँदैन ।’ कुनै पनि निर्णय छलफल बिना नगर्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका कृषि तथा किसान कल्याण मन्त्री चौहानद्वारा चन्द्रागिरिको भ्रमण
-
श्रम र रोजगार प्रवर्द्धनमा साझेदारी आवश्यक : श्रममन्त्री भण्डारी
-
कानुन विपरीत गर्भपतन गर्दै हुनुहुन्छ की ? कारबाहीमा पर्नुहोला ।
-
वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा छौँ: श्रममन्त्री भण्डारी
-
वैदेशिक रोजगार व्यवसायी सङ्घको साधारणसभा आज, नयाँ नेतृत्वका लागि निर्वाचन हुने
-
सर्लाहीमा ट्रकको ठक्करबाट दिदीको मृत्यु, बहिनी घाइते