बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सैफ अली खानले बढाए तीन गुणा पारिश्रमिक, आउँदैछ यो ठूलो प्रोजेक्ट

बुधबार, २६ कात्तिक २०७७, १४ : २१
बुधबार, २६ कात्तिक २०७७

बलिउडका नवाब भनिन् सैफ अली खान आजकाल निकै व्यस्त छन् । ठूला पर्दामा निकै कम फिल्म चलिरहेका छन् तर ओटीटीले सैफको करियरलाई भने नयाँ दिशा दिइरहेको छ । सेक्रेड गेम्स उनको करियरमा गेम चेन्जर साबित भएको छ ।

ओटीटीमा आफ्नो सफलता देखेपछि सैफ अली खानले आफ्नो पारिश्रमिकमा वृद्धि गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । स्रोतका अनुसार अब नायकले हरेक फिल्मका लागि तीन गुणा बढी पारिश्रमिक लिनेछन् ।

यसबारे आधिकारिक जानकारी त आइसकेको छैन तर स्रोतले दाबी गरेअनुसार सैफ अली खान पहिला एउटा फिल्मको करिब ३ करोड लिन्थे भने अब उनी ११ करोड लिने छन् ।

सैफ यतिबेला ओटीटी प्लेटफर्ममा निकै मनपराइएका अभिनेताको रुपमा उदाएका छन् । हरेक फिल्म निर्माता उनलाई कुनै न कुनै सिरिजका लागि अनुबन्ध गर्न चाहन्छ । सैफले हालै अर्को एउटा वेब सिरिज साइन गरेका छन् । उनले अली अब्बास जफरको ‘दिल्ली’ मा मुख्य भूमिका निभाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप