वामदेव गौतमविरुद्धको मुद्दामा सुनुवाइ जारी
बुधबार, २६ कात्तिक २०७७, १३ : ३७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सवोच्चमा परेको रिटको सुनुवाई जारी रहेको छ । करिब एक महिनाअघि हेर्दाहेर्दैमा राखिएको सो मुद्दाको पेसी आज तोकिएको थियो ।
गौतमविरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँचजना न्यायाधीशको संवैधानिक इजलासले हेरिरहेको र सुनुवाई जारी रहेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बदर गर्नुपर्ने र मन्त्री बन्न रोक्नुपर्ने माग गर्दै रिट हालेका थिए ।
बुधबारको सुनुवाइपछि गौतम मन्त्री बन्ने या नबन्ने भन्ने बाटो प्रस्ट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ