बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा आइसीयू र भेन्टिलेटरमा उपचार गराउने कोभिडका बिरामी बढे

बुधबार, २६ कात्तिक २०७७, १३ : १३
बुधबार, २६ कात्तिक २०७७

काठमाडौं—कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसँगै आइसीयू र भेन्टिलेटर उपचार गर्ने बिरामीको संख्या बढ्दै गएको छ । बागमती प्रदेशको विभिन्न अस्पतालका आइसीयू र भेन्टिलेटरमा मात्रै २ सय ४२ जना उपचाररत छन् । आइसीयूमा उपचाररत कोभिड—१९ का बिरामीको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ८४ जना छन् । 

बागमती प्रदेशमै सबैभन्दा बढी भेन्टिलेटरमा उपचाररत ५८ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयको तंथ्याङ्कले देखाउँछ ।
 प्रदेश १ मा ४५  जना आइसीयू र १५ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै प्रदेश २ मा १२ आइसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् भने गण्डकी प्रदेशमा ७६ जना आइसियूमा र १५ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

उता लुम्बिनी प्रदेशमा ६२ जना आइसीयूमा र ६ जना भेन्टिलेटरमा छन् भने कर्णाली प्रदेशमा ८ जना आइसीयूमा उपचाररत छन् । यसैगरी सुदूरपस्चिम प्रदेशमा १७ जना आइसीयूमा उपचाररत छन् । 
मन्त्रालयका अनुसार देशका विभिन्न भागमा रहेका अस्पतालको आइसीयू र भेन्टिलेटरमा  ५ सय जना कोभिड—१९ का बिरामी उपचाररत छन् । होम आइसोलेशनमा भने २९ हजार ७ सय ३४ जना संक्रमित बसेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप