बेलायतमा कोरोनाबाट एकैदिन ५ सयभन्दा बढीको मृत्यु

लन्डन – बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ५३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि एकैदिन यत्तिका धेरै मृत्यु भएको यो नै पहिलो हो । हालसम्म कोरोनाका कारण बेलायतमा ४९ हजार ७७० जनाको ज्यान गैसकेको स्वास्थ्य विभागले जनाएको छ ।
यसैगरी २४ घण्टाभित्र २० हजार ४१२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै बेलायतमा कोरोना संक्रमित हुनेको कुल संख्या १२ लाख ३३ हजार ७७५ जना पुगेको छ । कोरोना संक्रमणका कारण हस्पिटल भर्ना हुनेको संख्या भने निरन्तर बढ्दै गएको छ ।
पछिल्लो २४ घन्टामा एक हजार ३६६ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयले जनाएको छ । हाल एक हजार २६८ जनालाई उपचारार्थ भेन्टिलेटर बेडमा राखिएको छ । हस्पिटलमा उपचार गराइराखेका कोरोना संक्रमितको संख्या १३ हजार ६१७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैत्रीपूर्ण फुटबलमा सेना विजयी
-
विद्यार्थीको अवधारणा उद्योगसँग जोड्दै सफ्टवेरिका कलेज
-
प्रधानमन्त्री ओलीले गरे कुमारी देवीको दर्शन
-
सुनको मूल्य तोलामा १ लाख ७८ हजार रुपैयाँ नजिक पुग्यो
-
अमेरिकामा टिकटक किन्ने टन्नै छन् : ट्रम्प
-
उत्कृष्ट प्रदर्शन र कीर्तिमानको ओइरोबिच पहिलो उपाधिको खोजीमा रुमल्लिएका ह्यारी केन