बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारका एकपछि अर्को गलत नीतिका कारण मृत्युदर उकालो लाग्यो

बुधबार, २६ कात्तिक २०७७, ०७ : ०९
बुधबार, २६ कात्तिक २०७७

काठमाडौँ – नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार १२ सदस्यीय कोरोना कार्यदल गठन गरेका छन् । बाइडेनको ट्रान्जिसनल (संक्रमणकालीन) टीमले गठन गरेको कार्यदलमा पहिला सरकारमा रहेका अधिकारी,प्राज्ञ र औषधि विज्ञानका हस्ती छन् । 

कार्यदल गठनपछि विज्ञप्तिमार्फत बाइडेनले भनेका छन्, ‘कोरोना महामारीसँग जुध्नु हाम्रो प्रशासनको सबैभन्दा ठूलो लडाइँ हुनेछ, म विशेषज्ञ र विज्ञानको सहायतामा निरन्तर यसबारे जानकारी लिनेछु ।’

यता, नेपालमा पछिल्ला दिनमा परीक्षणमा आएको कमीका कारण संक्रमित संख्यामा पनि कमी आएको छ । तर मृत्युदर भने उकालो लाग्दो क्रममा छ । हिउँद याममा संक्रमण थप बढ्न सक्ने विज्ञान र विज्ञको आकंलन हुँदा पनि सरकारले यो चुनौतीसँग लड्न प्रस्ट कार्ययोजना ल्याउन सकेको छैन । 

नेपालको सन्दर्भमा महामारी सुरु भएदेखि एकपछि अर्को गलत नीतिका कारण कोरोना महामारीविरुद्धको लडाइँ प्रभावकारी हुन सकेको छैन । यो समाचार आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप