शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले नटेरेपछि दाहालले फेरि समय थपे

बुधबार, २६ कात्तिक २०७७, ०६ : ४८
बुधबार, २६ कात्तिक २०७७

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले सचिवालय बैठकलाई प्रतिष्ठाको विषय बनाएका छन् । 

कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका पाँच सदस्यले शनिबार ओलीलाई भेटेर दुई दिनभित्र सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए । 

तर, ओलीले उक्त समयसीमाभित्र बैठक नबोलाएपछि दाहालले मंगलबार फेरि भेटेर बिहीबारका लागि सचिवालय बैठक राख्न प्रस्ताव गरेका छन् । 

नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार दुवै अध्यक्षले बैठक राख्ने र त्यहाँ प्रस्ताव गर्ने अजेन्डालाई प्रतिष्ठाको विषय बनाउँदै गए झन् अप्ठेरो हुन्छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप