शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घुस लिएको अभियोगमा मुद्दा

मङ्गलबार, २५ कात्तिक २०७७, २१ : ५५
मङ्गलबार, २५ कात्तिक २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनीविरुद्ध विशेष अदातलमा आज मुद्दा दायर गरेको छ । 

सेवाग्राहीको जातीय विभेदसम्बन्धी मुद्दा मिलाइदिने भन्दै हवल्दार सहनीले रु चार लाख घुस लिएको आरोप लागेको छ ।  आयोगको टोलीले केही दिन पहिले सहनीलाई स्थलमै पक्राउ गरेको थियो । 

आरोपीविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप