‘दि एलिट्स को-एड’ विद्यालयको भर्चुअल देउसी भैलो हुने

काठमाडौँ । विद्यार्थीहरुलाई आफ्नो कला, संस्कृती र परम्पराको बारेमा पाठ्यक्रमले तोकेअनुसार व्यवहारिक रुपमा जानकारी गराउने उद्देश्य अनुरुप स्वयम्भू कारखाना चोकस्थित ‘दि एलिट्स को–एड’ विद्यालयले यही कात्तिक २८ गते शुक्रबारका दिन भर्चुअल देउसी भैलो कार्यक्रम गर्ने भएको छ ।
कोरोनाभाइसर कोभिड–१९ को महामारीका कारणले परम्परागत रुपमा देउसी भैलो खेल्न असम्भव भएकाले विद्यालयले डिजिटल प्रविधि ‘जुम एप’ मार्फत आफ्ना विद्यार्थीहरुलाई देउसी भैलो खेलाउन लागेको हो ।
खासगरी नयाँ पुस्तालाई विदेशी संस्कृतीको प्रभावबाट बचाउन विद्यार्थीहरुमा साँस्कृतिक चेतनामार्फत हाम्रो आफनो मौलिक संस्कृतीको जगेर्ना गर्न यो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक विनय वैद्यले जानकारी दिए । विद्यालयले अन्य पर्वहरुमा पनि पर्व विशेष कायक्रमहरु गर्दै आएको प्रधानाध्यापक वैद्यले जिकीर गरे ।
यस एलिट्स देउसी भैलो कार्यक्रममा अभिभावक तथा अन्य अतिथिहरुको पनि सहभागिता हुनेछ भने वडा १५ का वडाध्यक्ष्य आनन्दराम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न हुने विद्यालय संयोजक भरत पन्तले बताए ।
कोरोना महामारीले देशैभरीका विद्यालयका पठनपाठन अस्तव्यस्त हुँदा पनि दि एलिट्स को–एड विद्यालयले भने शैक्षिक सत्रको शुरुवातीदेखि नै डिजिटल प्लेटफर्म मार्फत नियमित पठनपाठनको साथै अतिरिक्त कार्यक्रम पनि गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा