शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउडमा सोनमको १३ वर्ष पुरा, डेब्यु फिल्मको सम्झना गर्दै भइन् भावुक

मङ्गलबार, २५ कात्तिक २०७७, १९ : ००
मङ्गलबार, २५ कात्तिक २०७७

मम्बई  । अभिनेत्री सोनम कपुरको बलिउड यात्रा आजबाट १३ वर्ष पुगेको छ । बलिउडमा आफ्नो राम्रो स्थान बनाउन सफल उनले कयौं हिट फिल्म समेत दिएकी छन् । सन् २००७ अर्थात १३ वर्ष अगाडि उनले फिल्म ‘सांवरिया’बाट बलिउड डेब्यु गरेकी थिइन् । बलिउड प्रवेशको १३ वर्ष पुगेको उपलक्ष्यमा उनले तस्बिर शेयर गर्दै बलिउड यात्राको सम्झना समेत गरेकी छन् ।

फिल्म ‘सांवरिया’ संजय लिला भंसालीले निर्माण गरेका थिए । फिल्मले बक्अफिसमा खासै चमत्कार गर्न भने सकेन । यो रणबीर कपुरको पनि डेब्यु फिल्म रहेको थियो । सोनामले इस्टाग्राममा तस्बिर सार्वजनिक गर्दै लेखेकी छन् ‘१३ वर्ष पहिले मैले ‘सांवरिया’ बाट डेब्यु गरेको थिए । यस उद्योगबाट मलाई हरेक पल आर्शिवाद मिल्यो । भारतको  धन्यवाद । हरेक फिल्म निर्मातालाई धन्यवाद भन्छु । जसले मलाई विश्वास गर्नुभयो । मलाई सबैभन्दा राम्रो काम गर्ने मौका मिलेको छ ।’

सोनमले सबै फिल्मको भिडियो समेत तस्बिरका साथ शेयर गरेकी छन् । जसमा फिल्मको थोरै–थोरै दृश्य समेटिएको छ । सोनम पछिल्लो समय फिल्म ‘द जोया फैक्टर’ मा देखिएकी थिइन् । उनले नयाँ प्राजेट भने घोषणा गरेकी छैनन् । उनी अहिले पति आनन्द आहूजाका साथ लन्डनमा रहेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप