भक्तपुरमा विश्वकै ठूलो त्रिशुल निर्माण हुने

काठमाडौं । भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्वकै अग्लो त्रिशुल स्थापना हुने भएको छ । महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले चागुँनारायण नगरपालिका वडा नं ५ स्थित धार्मिक महत्वको दोलागिरी पर्वतमा अवस्थित मुलकोटगढी महाङ्काल त्रिशुल डाँडामा विश्वकै अग्लो त्रिशुल स्थापना गर्न लागेको छ ।
समितिले त्रिशुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको जानकारी नगरपालिकालाई समेत गराएको छ । कुल २ करोड ७० लाख रुपैयाँ लागतमा विश्व शान्ति राष्ट्र कल्याण हेतुले निर्माण हुन लागेको त्रिशुलको लम्बाई जमिनको सतहबाट एक सय फिट उचाईको हुनेछ भने जमिन मुनि करिब साढे आठ फिट हुने छ ।
भित्रि भागमा फलाम र बाहिरी भागमा तामाको धातुले निर्माण हुन लागेको त्रिशुलको तल्लो भागमा करिब १ सय ५० जनासम्म अट्न सक्ने ध्यान केन्द्र समेत निर्माण हुने समितिका अध्यक्ष श्रीकृष्ण खड्काले जानकारी दिए । उनले पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामाथि आक्रमण गर्ने क्रममा सो स्थानमा मुलगढी भएका कारण पनि मुलकोटगढी सांस्कृतिक र धार्मिक एवं ऐतिहासिक महत्वको भएको बताए । उनले मुलकोटगढी महाङ्कालमा विश्वकै अग्लो त्रिशुल स्थापना भएपछि पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने समेत बताए ।
चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले मुलकभर बढ्दो क्रममा रहेको कोरोना भाइरसको जोखिमका कारण नगरपालिकाले मठ, मन्दिर, पाटी पौवा लगायत निमार्ण गर्ने भन्दा पनि स्वास्थ्य पूर्वाधार निमार्णमा जोड दिएको बताए । यद्यपि, मिश्रले कोरोना भाइरस संक्रमणको जोखिम कम हुदैं गए त्रिशुल निर्माणका लागि महानगरले पनि सक्दो सहयोग गर्ने बताए ।
मुलकोटगढीमा विश्वकै अग्लो त्रिशुल बाहेक ५५ फिट अग्लो गोरखनाथको मन्दिर, मुलकोटगढी द्धार, सत्तल, त्रिशुलडाँडादेखि साँखुसम्म जोड्ने सिडीमार्ग लगायत निर्माण गर्ने गुरुयोजना समेत रहेको छ । त्रिशुलको शिलान्यास यही मंसिर २२ गते हुनेछ भने करिब ९ महिनामा निर्माण सम्पन्न हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा