शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भ्याक्सिनको सकारात्मक प्रभाव नेपाली शेयर बजारमा पनि देखियो

मङ्गलबार, २५ कात्तिक २०७७, १६ : ०२
मङ्गलबार, २५ कात्तिक २०७७

काठमाडौं । विश्व बजारको गतिसँग अक्सर ‘म्याच’ नहुने नेपाली शेयर बजारको ट्रेन्ड यसपालि उल्टिएको छ । विश्व बजारमा कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण अत्याधिक प्रभावकारी भएको खबरपछि मंगलबार नेपाली शेयर बजार परिसूचक नेप्सेमा उत्साहजनक सुधार देखिएको हो । आइतबारमात्रै अमेरिका र जर्मनीको विज्ञको समूहले परीक्षण गरेको खोप ९० प्रतिशत प्रभावकारी भएको खबर सार्वजनिक भएको थियो ।

यो दिन नेप्से परिसूचक २५.९८ विन्दुले बढेर १ हजार ६ सय ७८ दशमलव ७९ विन्दुमा पुगको छ । परिसूचक मात्रै नभएर कारोबार रकम समेत बढेर ४ अर्ब भन्दा माथि पुगेको छ ।  आज व्यापारमूलक, होटल र जीवनबीमा समूहका परिसूचकहरुमा ठूलो बृद्धि देखिएको थियो ।

बजारको सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकम, साल्ट ट्रेडिङ कर्पोरेसन लगायतको मूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  १ सय ७२ कम्पनीको कारोबार हुँदा आज १ सय २ कम्पनीको मूल्य बढेको छ । २० कम्पनीको मूल्य बराबर हुँदा बाँकी ५० कम्पनीको मूल्य घटेको देखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप