ट्रोलरले किसानसँग तुलना गर्दै फोटो सेयर गरेर भने, ‘अभिषेक ‘बच्चन’ नभइदिएका भए’, नायकले दिए यस्तो जवाफ

अभिषेक बच्चन यतिबेला निकै व्यस्त छन् । उनको एकपछि अर्को गर्दै फिल्म आइरहेका छन् । आजकाल उनी आफ्नो नयाँ फिल्म ‘लूडो’ को प्रोमोशनमा व्यस्त छन् । उनको यो फिल्म दिवालीको मौकामा नेटफ्लिक्समा रिलिज हुँदैछ । यी सबका बीच उनी सोशल मिडियामा निकै सक्रिय देखिएका छन् । रोचक कुरा के हो भने उनी आजकाल ट्रोलर्सलाई जवाफ फर्काउने गर्छन् । उनले एकपटक पुनः त्यस्तै गरे ।
ट्रोलरले किसानसँग गरे तुलनाः
ट्वीटरमा एक ट्रोलरले एएनआईको फोटो प्रयोग गर्दै अभिषेक बच्चनलाई ट्रोल गर्ने कोसिस गरेका थिए । यसमा एक किसान देखिएका छन् । फोटोमा देखिएका व्यक्ति कताकता अभिषेक बच्चनजस्तै देखिन्छन् पनि । ट्रोलरले फोटो सेयर गर्दै लेखे, ‘यदि अभिषेक ‘बच्चन’ नभइदिएको भए ।’
अभिषेक बच्चनले जवाफ फर्काएः
यसमा अभिषेक बच्चनले जवाफ फर्काएका छन् । उनले लेखेका छन्, ‘हाहाहा... रोचक, तर तिमीभन्दा राम्रो नै देखिएको छ ।’
अभिषेक बच्चनले ट्रोलरलाई जवाफ फर्काएको यो पहिलो घटना होइन । उनी समय–समयमा ट्रोलर्सलाई कडा जवाफ फर्काइरहेका हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतिले पारित
-
‘टग अफ वार’ प्रतियोगिताको तेस्रो संस्करण फागुन १६ गतेदेखि
-
लुम्बिनी प्रदेशलाई सडक आश्रित मानव मुक्त गरिने
-
चुरे दोहन र वन विनाशविरुद्ध सङ्घर्ष गर्छौँ: अध्यक्ष महतो
-
बर्ड फ्लु नियन्त्रण कसरी गर्ने ?
-
कलकत्तादेखि नेपालसम्म पानीजहाज सञ्चालन गर्न विश्व बैंक ५०० मिलियन डलर खर्च गर्न तत्पर : सांसद न्यौपाने