शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हत्या अभियोगमा कैद फैसला भएका गिरी १६ वर्षपछि पक्राउ

मङ्गलबार, २५ कात्तिक २०७७, ०८ : १०
मङ्गलबार, २५ कात्तिक २०७७

काठमाडौँको रानीबारीमा डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको हत्या अभियोगमा फरार रहेका झापा मेचीनगर नगरपालिका–७ का ३३ वर्षीय हरि गिरी भन्ने रामकुमार गिरीलाई भक्तपुरबाट पक्राउ गरेको छ ।

विसं २०६१ माघ ११ गते राति ८ बजे सामाखुसीमा हत्या गरी फरार रहेका गिरीलाई १६ वर्षपछि महानगरीय अपराध महाशाखाको टोलीले चाँगुनारायण नगरपालिका–७ बाट सोमबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार लोहनीले गिरीका साथी प्रकाश लामाको कानको मुन्द्रा माग्दा नदिएपछि लामालाई कुटपिट गर्दा भएको विवादमा  गिरीले लोहनीको हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । 

जिल्ला अदालत काठमाडौँले विसं २०६४ असार ११ गते कैद सजाय फैसला तोके पनि फरार रहेका गिरी केही समय विदेश बसेर फर्किएपछि उनले आफ्नो नाम सरोज गिरी बताउँदै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप