किरातीको माओवादी केन्द्र पुनर्गठन

गोपाल किराँतीले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) पुनर्गठन भएको छ । अब किराती सो पार्टी पुनःनिर्माण अभियानमा लाग्ने भएको छ ।
आज एक ‘असाधारण’ विज्ञप्ति जारी गरेको घोषणा गर्दै किरातीले ‘माओवादी आन्दोलनको विचार, भावना र ऐतिहासिक विरासतको निरन्तरता दिँदै महान् जनविद्रोहको रणनीतिमा केन्द्रित हुन् नेकपा (माओवादी केन्द्र) पुनर्गठन गरिएको’ जनाएका छन् ।
सो विज्ञप्तिमा ‘नयाँ विचार, कार्यदिशा र राजनीतिक कार्यक्रम निर्माणमा आधारभूत सफलता हासिल समेत गरिएको’ जनाउँदै ‘परन्तु, अधिकांश कमरेडहरुको दृढ प्रयत्नका बावजुद देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्ने आन्दोलनमा पार्टी केन्द्रीय समिति अपेक्षित खरो उत्रन नसकेको’ उल्लेख गरिएको छ ।
‘सर्वहारा चरित्रको संगठन निर्माण र स्थानीय जनसम्बन्ध सुदृढीकरण कार्यमा केन्द्रीय समितिका गम्भीर सीमाहरु देखा परेको’ उल्लेख गर्दै विज्ञप्तिमा ‘पार्टी केन्द्रीय कार्यालयको निर्णयमा वृहत् स्तरमा पार्टी पुनर्निर्माण अभियान सञ्चालन गरी सर्वहारावर्गको नेतृत्वमा श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तहरुको सुदृढ पार्टी बनाएर छाड्ने संकल्प सहित पार्टी सदस्य कमरेडहरु र सुभेच्छुक सबैमा जानकारी एवं अनुरोधका लागि सो विज्ञप्ति जारी गरिएको’ उल्लेख गरिएको छ ।
पार्टीका अध्यक्ष किरातीले हस्ताक्षर गरी जारी गरिएको सो विज्ञप्तिमा उक्त पार्टीको केन्द्रीय समिति, राजनीतिक परिषद्, पदाधिकारी एवं प्रदेश समितिहरु र जिल्ला समितिहरु यसै विज्ञप्तिमार्फत् भंग गरिएको,, संगठित पार्टी सदस्यहरु पार्टी अभियान सदस्यमा रुपान्तरिक भएको, आगामी मंसिर ८ गते गर्ने भनिएको केन्द्रीय समितिको बैठक स्वतः रद्ध भएको तथा केन्द्रीय कार्यालयको हैसियतमा पार्टी पुनर्निर्माण अभियानको अध्यक्ष गोपाल किराती रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
-
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
-
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल