मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म अभिनेता अर्जुन रामपालको घरमा छापा, ड्रग्स केसमा कारवाही तीब्र

सोमबार, २४ कात्तिक २०७७, १३ : ३०
सोमबार, २४ कात्तिक २०७७

बलिउडको ड्रग कनेक्सन केसमा अभिनेता अर्जुन रामपालको घरमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले छापा हानेको छ । रामपालको घरमा एनसीबीका अधिकारी छापा हान्न पुगेका हुन् । सोमबार बिहान अर्जुन रामपालको घरमा एनसीबीका अधिकारी पुगेका थिए ।

सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा बलिउडको ड्रग कनेक्सन सार्वजनिक भएको थियो । त्यसपछि एनसीबीले फिल्म इन्डष्ट्रि ड्रग्ससँग जोडिएको कुरा पत्र पत्र गरी खोल्न सुरु गरे । अघिल्लो महिना रामपालकी प्रेमिका गेब्रिएलाका भाइ एगिसियालोस डिमिट्रीडेसलाई ड्रग्स केसमा एनसीबीले पक्राउ गरेको थियो ।

एगिसियालोससँग ह्यासिस र एल्प्राजोलामका ट्याबलेट भेटिएको थियो । यी दुबै वस्तु नारकोटिक्सको तर्फबाट प्रतिबन्ध छ । एगिसियालोसको सम्बन्ध ओमेगा गडविनसँग पनि भएको बताइन्छ । ओमेगा मुम्बईमा कोकिन सप्लाई गरेको भन्दै पक्राउ परेका थिए । ओमेगाले नाम लिएपछि एगिसियालोसलाई पक्राउ गरिएको थियो । यो कुराको पुष्टि जोनल डायरेक्टर समिर वानखेडेले गरेका हुन् ।

आइतबार एनसीबीले बलिउड निर्माता फिरोज नाडियाडवालाको घरमा पनि छापा हानेको थियो । फिरोजको घरबाट गाँजा बरमद गरेपछि उनकी श्रीमतीलाई पक्राउ गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप