शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ र केन्द्रको विवादले जसपाको समायोजनमा ढिलाइ

सोमबार, २४ कात्तिक २०७७, १३ : १८
सोमबार, २४ कात्तिक २०७७

मंसिर १५ गतेभित्र पार्टीको समायोजन सकिने निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा)ले हालसम्म समायोजनको प्रकृया नै शुरु गरेको छैन । समायोजनका लागि निर्देशिका अनुसार कामको जिम्मवारी बाँडफाँड पनि गरिसकेको छ तर अहिलेसम्म समायोजनाको प्रकृया शुरु नभएको हो । 

तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएको थियो । असारमा त्यसको आधिकारिकता पनि प्राप्त गर्यो । दुई पटक कार्यकारिणी समितिको बैठक पनि बसिसक्यो भने केन्द्रीय समितिको घोषणा भइसकेको छ । तर प्रदेश, जिल्ला, स्थानीय तह, विभिन्न भातृ संगठन, संसदीय दललगायतको समायोजनको काम शुरु भएको छैन ।

समायोजनमा ढिलाइ हुनुको कारणमा नेताहरुले कोरोनालाई देखाइरहेका छन् । कार्यकारिणी समितिका सदस्य गंगा श्रेष्ठले कोरोनाका कारण समायोजनाको प्रकृया सुरु हुन नसकेको बताए । शीर्ष नेताहरु नै कोरोना संक्रमित भएपछि समायोजनमा समस्या भएको दावी गर्दै उनले तिहार र छठपछि मात्र समायोजनाको प्रकृयाले गति लिने बताए । 
कोरोना वा अरु जे भनिएपनि केन्द्र र प्रदेश २ को समायोजनमा नेताहरुबीच सहमति नजुट्दा अलमल भएको हो । 

अहिले सबैको ध्यान संघीय संसदीय दलको नेता को हुने, प्रदेश २ को समायोजन र सरकार परिवर्तन लगायततर्फ रहेको छ । कार्यकारिणी समितिका एक नेताका अनुसार केन्द्रमा संसदीय दलको नेता को हो र प्रदेश २ को मुख्यमन्त्री को हुने टुंगो नलागेसम्म पार्टीको समायोजन प्रकृया अगाडि बढ्ने छैन । 

सबै तयारी पुरा भएपनि प्रदेश २ मा समायोजनको कुनै प्रकृया नै शुरु गरिएको छैन । समायोजनका लागि केन्द्रबाट पत्र पठाइसकेपनि मुख्यमन्त्री लालबाबुर राउतले कुनै प्रकृया शुरु गरेका छैनन् । संसदीय दल समायोजन भयो भने मुख्यमन्त्रीबाट पनि हट्नुपर्ने हुन्छ भनेर नै मुख्यमन्त्री राउतले केन्द्रबाट पठाएको पत्र लुकाएर राखेका छन् ।

संसदीय दलको विधान पनि तयार भइसकेको छ । विधान तयारी समितिले तयार पारेको विधान कात्तिक १८ गते मुख्यमन्त्री राउतलाई बुझाइसकेको छ तर मुख्यमन्त्रीले आफू कोरोना संक्रमित भएको भन्दै कुनै प्रकृया अगाडि बढाएका छैनन् । 
केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र महतोसँगै वरिष्ठ नेता राजेन्द्र महतोले पनि दावी गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप