अभिनेता गजित कोरोना संक्रमित

काठमाडौं । अभिनेता गजित विष्ट कोरोना संक्रमित भएका छन् । शनिबार गराएको कोरोना पिसिआर टेष्टमा उनको रिपोट पोजेटिभ आएको हो । आफु कोरोना संक्रमित भएको बिष्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
आफुलाई हल्का रुघा बाहेक कुनै पनि लक्षण नदेखिए पनि कट्र्याक ट्रेसिङका आधारमा पिसिआर टेष्ट गर्दा आफुमा कोरोना पुष्टि भएको उनले बताएका छन् ।
‘कलाकार निर्मल शर्मा दाईको पिसिआर रिपोट पोजेटिभ आएको स्टाटस देखेपछि म उहाँसँग नजिक भएकोले होला धेरै साथीहरुले सोध्नुभयो’ बिष्टले सामाजिक सञ्जालमा लेखेका छन् ‘हल्का रुघाबाहेक मलाई केही लक्ष्यण देखिएको थिएन । पिसिआर टेष्ट गर्दा मेरो पनि रिपोट पोजेटिभ आएको जानकारी गराउँदछु ।’
अबको १४ दिन घरमै बसेर कोरोना मुक्त हुने प्रयास गर्ने बताएका उनले यो २, ३ दिनमा आफुसँग सम्पर्कमा रहनु हुने सबैलाई समेत सचेत रहन र लक्षण देखापरे टेष्ट गराएर सुरक्षित रहन अनुरोध समेत गरेका छन् । बिष्ट पछिल्लो समय वेभ श्रृंखला, छोटा फिल्म, बिज्ञापन चलचित्र, म्युजिक भिडियो अभिनय र निर्देशनमा ब्यस्त रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकताबारे चर्चा
-
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
-
सान फ्रान्सिस्कोबाट मुम्बई आइरहेको एयर इन्डियाको उडानमा खराबी, कोलकातामा ओरालियो यात्रु
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक
-
मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प
-
उपकुलपति छनोट : खुला प्रतिस्पर्धा कि सोझै सिफारिस ?