अभिनेता गजित कोरोना संक्रमित
काठमाडौं । अभिनेता गजित विष्ट कोरोना संक्रमित भएका छन् । शनिबार गराएको कोरोना पिसिआर टेष्टमा उनको रिपोट पोजेटिभ आएको हो । आफु कोरोना संक्रमित भएको बिष्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
आफुलाई हल्का रुघा बाहेक कुनै पनि लक्षण नदेखिए पनि कट्र्याक ट्रेसिङका आधारमा पिसिआर टेष्ट गर्दा आफुमा कोरोना पुष्टि भएको उनले बताएका छन् ।
‘कलाकार निर्मल शर्मा दाईको पिसिआर रिपोट पोजेटिभ आएको स्टाटस देखेपछि म उहाँसँग नजिक भएकोले होला धेरै साथीहरुले सोध्नुभयो’ बिष्टले सामाजिक सञ्जालमा लेखेका छन् ‘हल्का रुघाबाहेक मलाई केही लक्ष्यण देखिएको थिएन । पिसिआर टेष्ट गर्दा मेरो पनि रिपोट पोजेटिभ आएको जानकारी गराउँदछु ।’
अबको १४ दिन घरमै बसेर कोरोना मुक्त हुने प्रयास गर्ने बताएका उनले यो २, ३ दिनमा आफुसँग सम्पर्कमा रहनु हुने सबैलाई समेत सचेत रहन र लक्षण देखापरे टेष्ट गराएर सुरक्षित रहन अनुरोध समेत गरेका छन् । बिष्ट पछिल्लो समय वेभ श्रृंखला, छोटा फिल्म, बिज्ञापन चलचित्र, म्युजिक भिडियो अभिनय र निर्देशनमा ब्यस्त रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण