केन्द्रीय संस्करण

प्राप्तिभन्दा बढी सङ्घर्ष रोजिरहने प्रजातन्त्रका अथक योद्धा गणेशमान सिंह

person explore access_timeकात्तिक २४, २०७७ chat_bubble_outline0

 

 

 

 

आज गणेशमान सिंहको जन्म जयन्ती हो । गणेशमान सिंहको जन्म १९७२ कात्तिक २४ गते यट्खामा भएको थियो । सङ्घर्षका अविश्रान्त यात्री गणेशमान सशरीर हामीबीचमा नभए पनि उनी अमर छन् । जीवनका प्रत्येक क्षण सङ्घर्ष र विद्रोहबाट आफूलाई सधैँ जीवन्त रूपमा उभ्याइरहनु गणेशमानको मुख्य विशेषता थियो ।

राजनीति

गणेशमान सिंहले राजनीति प्रजापरिषद्बाट प्रारम्भ गरे । प्रजापरिषद् पार्टी खोज्नका लागि उनले गरेको परिश्रम र तपस्या देख्दा अनौठो लाग्छ । ठूलो मिहिनेतका साथ उनी प्रजापरिषद्को सदस्य बन्छन् । विद्रोही स्वभावका गणेशमान प्रजापरिषद्को घोषित भूमिगत कार्यक्रमलाई पनि उनी सार्वजनिक गर्न उद्दत रहन्छन् । प्रजापरिषदका वरिष्ठ सदस्यहरुले उनको यो काम मन पराउँदैनन् । कठिन र त्रासदी पूर्ण अवस्थामा पनि उनी आफूलाई जस्तोसुकै कठोर परीक्षामा पनि ठिङ्ग उभ्याउन सक्ने अभूतपूर्व क्षमता गणेशमानमा मात्र देखिन्छ । उनको यो स्वभावले उनलाई कतिपय सन्दर्भमा आफूलाई घमण्ड लाग्ने गरेको पनि बताउँछन् । राजनीतिको दाउपेच भन्दा पनि खुला सङ्घर्ष गणेशमान सिंहको सबै भन्दा प्रिय माध्यम देखिन्छ ।

मृत्युदण्डको सजाय पाइसकेर उनी बाँच्न सके यो नियतिकै खेल थियो । प्रजापरिषद्को राजनीतिक कार्यक्रममा आफूलाई मृत्युदण्ड हुने परिस्थिति निर्माण हुँदा पनि उनलाई अझै मैले काम गर्न सकिन भन्ने लाग्छ । काम गर्दै जाँदा प्रजापरिषद् पनि उनलाई अपूरो लाग्छ । रैतीलाई जनता मात्र बनाउने उद्देश्यले उनलाई पुगेको छैन । जनता शक्तिका स्रोत बन्नुपर्छ भन्ने निहित उद्देश्य गणेशमानको अन्तरआत्मामा रहिरहेको हुन्छ ।

मृत्युदण्डको सजाय पाइसकेर उनी बाँच्न सके यो नियतिकै खेल थियो । प्रजापरिषद्को राजनीतिक कार्यक्रममा आफूलाई मृत्युदण्ड हुने परिस्थिति निर्माण हुँदा पनि उनलाई अझै मैले काम गर्न सकिन भन्ने लाग्छ । काम गर्दै जाँदा प्रजापरिषद् पनि उनलाई अपूरो लाग्छ । रैतीलाई जनता मात्र बनाउने उद्देश्यले उनलाई पुगेको छैन । जनता शक्तिका स्रोत बन्नुपर्छ भन्ने निहित उद्देश्य गणेशमानको अन्तरआत्मामा रहिरहेको हुन्छ । कैदी अवस्थामा जेल तोडेर हिँडेपछि उनलाई पुनः अर्को पार्टीको आवश्यकता बोध हुन्छ । आफ्ना साथीहरुलाई नयाँ पार्टी खोल्न परामर्श पनि चलाउँछन् । त्यो परिस्थिति र गणेशमानको तेज आज पढ्दा पनि बेग्लै किसिमको आनन्दको स्पर्श हुन्छ । हत्या,हिंसा र अराजकतालाई राजनीति मान्दै आएको विश्वभन्दा गणेशमान आफूलाई बलिवेदीमा चढाएर जनतालाई सर्वशक्तिमान बनाउन निरन्तर चाहन्छन् ।

जेल तोडेर भारत पुगेपछि बीपी कोइरालासँग भेट हुन्छ । दुवैजना मिलेर नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गर्छन् । राष्ट्रिय काँग्रेसको मानार्थ सभापति प्रजारिषद्का अध्यक्ष टङ्कप्रसाद आचार्यलाई गणेशमान सिंहले नै बनाउँछन् । नेपालको जहानिया राणा शासनलाई जरैदेखि उखेलेर फाल्ने भित्री अभिलासा पूरा गराउन गणेशमान सबै किसिमको प्रयत्न गरिरहन्छन् । राष्ट्रिय काँग्रेसलाई बलियो बनाउन प्रजातन्त्र काँग्रेससँग मिलेर नेपाली काँग्रेसको जन्म गणेशमान सिंहले गराउँछन् । काँग्रेसको नेतृत्वमा बीपीलाई मानेर गणेशमान उनको जीवन पर्यन्त सहायक बनेर काम गरे । गणेशमानको निष्ठाको पहाड निकै उचो छ । काँग्रेस पार्टीको सभापति बन्न चाहन्छन् । तर सुवर्ण शमशेर राणा र कृष्णप्रसाद भट्टराईलाई दिएपछि सभापति बन्न पाउँदैनन् ।

२०४६ सालको परिवर्तनपछि उनलाई प्रधानमन्त्री बन्ने अवसर आउँछ । राजनीतिलाई नजिकबाट नेतृत्व गरेका गणेशमान प्रधानमन्त्री पद साथी कृष्णप्रसाद भट्टराईलाई जिम्मा लगाउँछन् । आफ्नो उद्देश्य लोकतन्त्रको स्थायित्वका लागि निश्चित समयमा संंविधान निर्माण र चुनाव सम्पन्न गर्नु नै हो भनेर गणेशमानले बुझेका थिए । यो काम पूरा हुँदा अब देश समृद्ध बन्नुपर्छ भनेर नयाँ कार्यक्रम निकाल्न पार्टी र आफ्नो सरकारलाई दबाब दिन्छन् । पछिल्लो समयमा आइपुग्दा काँग्रेस पनि उनका लागि साँघुरो बन्न पुग्छ । गणेशमान जति चिने पनि चिन्न नसकिने अद्भुत खानी हुन् । अहिलेको लोभको राजनीतिमा उनको यो कुरा कुरै जस्तो मात्र लाग्ला । तर काँग्रेसका सदस्यले समाउनैपर्ने पथ गणेशमान सिंहको राजनीतिक पथ नै हो ।

सङ्घर्ष

गणेशमानको जीवन सङ्घर्षका लागि नै बनेको रहेछ । सानै उमेरदेखि जुझारु स्वभावका गणेशमान सिंहको वैवाहिक जीवन पनि एक किसिमको सङ्घर्ष नै बन्यो । अनिश्चयका बीचमा उनले मङ्गला देवीसँग विवाह गर्छन् । मङ्गला देवी अर्को गणेशमानको रूप हो । गणेशमान सिंह भन्दा कुनै पनि किसिमले कम नभएकी एक विराङ्गना मङ्गला देवी हुन् ।

गणेशमान सिंहले प्राप्ति भन्दा बढी सङ्घर्ष रोजिरहे । राणाकालमा पनि उनको परिवार सम्पन्न नै थिए । तर गणेशमान विपन्नको मुक्तिका लागि सङ्घर्ष आफ्नो मूल बाटो हो भनेर लागे । मुक्तिका लागि राजनीतिक पार्टी पहिलो सर्त हो भने । आफूले चाहेको बहुजन हितको लागि काम गर्ने साथीहरुको समूह उनले निरन्तर खोजिरहे । खतरा र सङ्घर्षको मैदानमा  आफूलाई सबैभन्दा अघि राखेर उनी काम गर्न जहिले पनि तत्पर रहे ।

गणेशमान सिंहले प्राप्ति भन्दा बढी सङ्घर्ष रोजिरहे । राणाकालमा पनि उनको परिवार सम्पन्न नै थिए । तर गणेशमान विपन्नको मुक्तिका लागि सङ्घर्ष आफ्नो मूल बाटो हो भनेर लागे । मुक्तिका लागि राजनीतिक पार्टी पहिलो सर्त हो भने । आफूले चाहेको बहुजन हितको लागि काम गर्ने साथीहरुको समूह उनले निरन्तर खोजिरहे । खतरा र सङ्घर्षको मैदानमा  आफूलाई सबैभन्दा अघि राखेर उनी काम गर्न जहिले पनि तत्पर रहे ।

गणेशमान राणा,राजा र पञ्चका लागि जहिले पनि एउटा ठूलो पहाड बनेर रहे । उनले आफू दबिने काम कहिल्यै गरेनन् । जीवनलाई सङ्घर्षको यात्रामा राखेपछि उचो मात्र भइन्छ भन्ने उनले बुझेका थिए । यसरी हेर्दा उनी एक तत्त्वबोध भएको ज्ञानी जस्ता पनि देखिन्छन् । उनका लागि कुनै वस्तुको मूल्य थिएन तर देश र जनताका लागि सानाभन्दा साना विषयमा पनि उनको चासो र दृष्टि हुन्थ्यो ।

आफूले चाहेको परिवर्तनले पनि पूर्णता दिन नसकेको आभाष उनलाई भइरह्यो । त्यसैले उनले विश्राम लिन कहिल्यै जानेनन् । प्रजापरिषद्लाई छोडे जस्तै काँग्रेस छोड्छु भन्नलाई पनि उनलाई कुनै असजिलो भएन । उनी आफूलाई निरन्तर सङ्घर्षमा मात्र राख्न चाहन्थे । एउटा व्यक्तिको परिवार हुन्छ । परिवारको चाहना पनि हुन्छ । तर गणेशमान सिंहलाई अन्तिम समयसम्म पनि कुनै लोभले छुन नसकेको एक शिखर पुरुषकै रूपमा मात्र देखिन्छ ।

परिवेश

गणेशमान सिंहका लागि राजनीति गर्ने कुनै परिवेश थिएन । उनको परिवार राणा शासनसँग नजिक बसेर काम गरिरहेको थियो । सबैभन्दा पहिले गणेशमानले आफ्नै घरभित्र विद्रोह गर्नुप¥यो । घरभित्रको विद्रोहले मात्र उनलाई राजनीतिक परिवेश दियो । मानिसहरु उपयुक्त वातावरणमा धेरै काम गर्न सक्दैनन् । तर गणेशमान विपरीत परिवेशलाई आफ्नो अनुकूल बनाएर काम गर्नसक्ने अभूतपूर्व शक्तिशाली मानव हुन् ।

राणा शासनको अन्त्य गरेर आफू सत्तामा बसौँला भनेर गणेशमान सिंहले विद्रोह गरेका थिएनन् । रैतीलाई जनता बनाउँछु र जनता सबै शक्तिका स्रोत हुन् भन्ने कुरा गणेशमानलाई स्पष्ट थाहा थियो । त्यसैले घरमा पहिला अनुकूल परिवेश निर्माण गर्न लागे । यसपछि प्रजापरिषद्मा आफूलाई काम गर्ने उपयुक्त परिवेश निर्माण गर्न लागे । आफ्नो लक्ष्य प्राप्तिका लागि आफैले परिवेश निर्माण गर्नुपर्छ भनेर काँग्रेस निर्माण गरे । गणेशमानलाई आफ्नो लक्ष्य स्पष्ट थाहा थियो ।

राणा शासनको अन्त्य गरेर आफू सत्तामा बसौँला भनेर गणेशमान सिंहले विद्रोह गरेका थिएनन् । रैतीलाई जनता बनाउँछु र जनता सबै शक्तिका स्रोत हुन् भन्ने कुरा गणेशमानलाई स्पष्ट थाहा थियो । त्यसैले घरमा पहिला अनुकूल परिवेश निर्माण गर्न लागे । यसपछि प्रजापरिषद्मा आफूलाई काम गर्ने उपयुक्त परिवेश निर्माण गर्न लागे ।

कामना गरेर मात्र राणा शासन समाप्त हुँदैन भन्ने बुझेपछि प्रजापरिषद् छोडेर नेपाली काँग्रेसमार्फत सशस्त्र क्रान्ति गरेर राणा शासन समाप्त पारे । पुनः राजाले पञ्चायती व्यवस्था लागू गरेर आफूहरुलाई जेलको कालकोठरीमा राख्दा पनि लोकतन्त्र स्थापनाकै परिवेश निर्माणमा गणेशमान निरन्तर लागे । बीपी रहँदासम्म बीपीको नीति अनुसार आफूलाई चलाए । बीपीको अनुपस्थिति रहेपछि लोकतन्त्र पुनः स्थापनाका लागि नयाँ परिवेश निर्माणमा लागे । २०४६ सालमा कम्युनिस्टहरुसँग कार्यगत एकता गरेर पञ्चायती व्यवस्था फालिदिए । गणेशमानको दृष्टि दूरसम्म हुन्छ भन्ने कुरा यसले पनि स्पष्ट पार्छ ।

नेपाली काँग्रेसलाई जनताले सरकारको जिम्मेवारी दिएपछि गरेको काममा गणेशमानलाई चित्त बुझ्दैन । उनले काँग्रेसको विकल्प अरू पनि हुनसक्छ निरन्तर भनिरहे । अन्त्यमा काँग्रेसले विजय हासिल गर्न नसक्ने गरी अर्को विकल्प गणेशमान सिंहले खडा गरिदिए । आफूले पाएको अवसर ठीक समयमा ठीक किसिमले गर्नुपर्छ भन्ने सन्देश गणेशमानले सधैँ दिए । आफ्नो पार्टी भनेर गणेशमानले त्यसरी सोचेनन् । जनता केन्द्र हुन्,जनताको हितलाई केन्द्रमा राख निरन्तर भनिरहे । आज पनि गणेशमान सिंहलाई सम्झने भनेको जनतालाई केन्द्र भागमा सम्झने नै हो ।

अन्त्यमा

गणेशमान सिंहले स्थापना गरेको नेपाली काँग्रेस पार्टी अहिले कमजोर अवस्थामा आइपुगेको छ । पक्कै पनि काँग्रेस पार्टीले गल्ती गर्‍यो होला । आज हाम्रा बीचमा गणेशमान हुनुहुन्न । अहिले राजनीतिक परिवेश चारैतिर घेरिएको र असुरक्षित बन्दै गएको छ । देशको स्वतन्त्रता र सार्वभौमिकता समेत खतरामा पर्नसक्ने गतिविधि भइरहेका छन् । यतिखेर गणेशमानको जस्तो दृढनिश्चयी नेतृत्वको आवश्यकता छ । यो नेतृत्व काँग्रेसले नै जन्माउनुपर्छ ।

गणेशमान सिंहले स्थापना गरेको नेपाली काँग्रेस पार्टी अहिले कमजोर अवस्थामा आइपुगेको छ । पक्कै पनि काँग्रेस पार्टीले गल्ती गर्‍यो होला । आज हाम्रा बीचमा गणेशमान हुनुहुन्न । अहिले राजनीतिक परिवेश चारैतिर घेरिएको र असुरक्षित बन्दै गएको छ । देशको स्वतन्त्रता र सार्वभौमिकता समेत खतरामा पर्नसक्ने गतिविधि भइरहेका छन् । यतिखेर गणेशमानको जस्तो दृढनिश्चयी नेतृत्वको आवश्यकता छ । यो नेतृत्व काँग्रेसले नै जन्माउनुपर्छ ।

गणेशमान जयन्तीमा काँग्रेसले गणेशमानलाई सम्झने भनेको भविष्यका लागि मार्ग देखाउन सक्नुपर्छ । लोकतन्त्रको विकल्प छैन । त्यसैले काँग्रेसको पनि विकल्प छैन । गणेशमानको पथमा हिँड्न गाह्रो छ । तर हिँड्न थालेपछि सधैँ उँचो शिर भइरहन्छ । काँग्रेसले अरूले गरेका कमी कमजोरी देखाउनेभन्दा आफूले गर्न सकिने कामको थालनी आजको आवश्यकता हो । देश,जनता विश्वमहामारी कोभिडको त्रासमा छ । काँग्रेसले सङ्कल्प गर्नु पर्दछ,गणेशमानले देखाएको पथमा नै निरन्तर हिँड्ने छ । जनताको सुख,दुःखमा साथसाथै हुनेछ । गणेशमान सिंहको राजनीति,सङ्घर्ष,विद्रोह र परिवेश निर्माणलाई काँग्रेसले भुल्ने छैन । जनताको सेवा गर्नु नै गणेशमान सिंहलाई सच्चा सम्झनु हो ।

सदस्यः नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभाग

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.