साउदी अरबले अन्ततः मौनता तोड्यो, दियो बाइडेनलाई बधाई

साउदी अरबका राजा सलमान बिन अब्दुलाजीज अल सउद र उनका छोरा युवराज मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति चुनावमा जीत हासिल गरेकोमा जो बाइडेन र कमला ह्यारिसलाई बधाई दिएका छन् ।
चुनावमा बाइडेनको जीतको खबर सार्वजनिक भएपछि थुप्रै अरब देशका राष्ट्राध्यक्षले बाइडेन र ह्यारिसलाई बधाई दिए तर साउदी अरब मौन रहेको थियो । साउदी अबरका युवराज मोहम्मद बिन सलमान डोनल्ड ट्रम्पसँग नजिक भएको मानिन्छ ।
ट्रम्प राष्ट्रपति भएपछि आफ्नो पहिलो विदेश भ्रमणमा उनी साउदी अरब गएका थिए जहाँ उनको शानदार स्वागत भएको थियो । यसअघि साउदी अरबले पूर्व राष्ट्रपति बराक ओबामाको स्वागतका लागि यस्तो प्रकारको विशेष आयोजना गरेको थिएन । ओबामाको इरानप्रति नरम व्यवहार थियो ।
ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सन्धिसँग अलग्गिने निर्णय गरेका थिए । सन् २०१८ मा इस्तानबुलमा रहेको साउदी कन्सुलेटमा वासिङ्टन पोस्टका पत्रकार जमाल खग्गोजीको हत्याको मामिलामा उनले साउदी अरबको समर्थन गरेका थिए । खग्गोजीको मृत्युको विषयमा संसारभरीका देशमा साउदी अरबको निकै आलोचना भएको थियो ।
तर इजराइलसँग मध्यपूर्वका देशसँग सम्बन्ध उत्कृष्ट बनाउने ट्रम्पको योजनाम साउदी अरबको हिस्सा रहेन । ट्रम्पको यो योजना अनुसार अहिलेसम्म संयुक्त अरब इमिरेट्स, बहराइनले इजराइलसँग आफ्नो सम्बन्ध सामान्य गर्ने कुरा गरेका छन् ।
जो बाइडेनको नेतृत्वमा साउदी अरबप्रति अमेरिकी सरकारको धारणा परिवर्तन हुन सक्ला । बाइडेनले पहिले नै साउदी अरबसँगको सम्बन्धमाथि पुनर्विचार गर्नेबारे बताइसकेका छन् ।
उनले खग्गोजीको हत्याको मामिलामा जिम्मेवारी निश्चित गर्ने र यमन लडाईंलाई समाप्त गर्नेबारे पनि कुरा गरिसकेका छन् । यमनमा भइरहेको लडाईंमा साउदी नेतृत्वको पनि महत्वपूर्ण भूमिका छ जसले त्यहाँ गठबन्धन सेनाको नेतृत्व गरिरहेको छ । – बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाका कारणले सडक र हवाई यातायातमा असर पर्न सक्ने
-
संकटमा ‘खतरों का खिलाडी’ र ‘बिग बोस १९’, प्रड्यूसरले छाडे साथ
-
सुरेश रजक हत्याको निष्पक्ष छानबिनको माग गर्दै मौन प्रदर्शन, तस्बिरहरू
-
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल
-
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट प्रवेजको उम्मेदवारी
-
राजेश हमाल बेलायत जाँदै