बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साउदी अरबले अन्ततः मौनता तोड्यो, दियो बाइडेनलाई बधाई

सोमबार, २४ कात्तिक २०७७, ०७ : ५२
सोमबार, २४ कात्तिक २०७७

साउदी अरबका राजा सलमान बिन अब्दुलाजीज अल सउद र उनका छोरा युवराज मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति चुनावमा जीत हासिल गरेकोमा जो बाइडेन र कमला ह्यारिसलाई बधाई दिएका छन् ।

चुनावमा बाइडेनको जीतको खबर सार्वजनिक भएपछि थुप्रै अरब देशका राष्ट्राध्यक्षले बाइडेन र ह्यारिसलाई बधाई दिए तर साउदी अरब मौन रहेको थियो । साउदी अबरका युवराज मोहम्मद बिन सलमान डोनल्ड ट्रम्पसँग नजिक भएको मानिन्छ ।

ट्रम्प राष्ट्रपति भएपछि आफ्नो पहिलो विदेश भ्रमणमा उनी साउदी अरब गएका थिए जहाँ उनको शानदार स्वागत भएको थियो । यसअघि साउदी अरबले पूर्व राष्ट्रपति बराक ओबामाको स्वागतका लागि यस्तो प्रकारको विशेष आयोजना गरेको थिएन । ओबामाको इरानप्रति नरम व्यवहार थियो ।

ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सन्धिसँग अलग्गिने निर्णय गरेका थिए । सन् २०१८ मा इस्तानबुलमा रहेको साउदी कन्सुलेटमा वासिङ्टन पोस्टका पत्रकार जमाल खग्गोजीको हत्याको मामिलामा उनले साउदी अरबको समर्थन गरेका थिए । खग्गोजीको मृत्युको विषयमा संसारभरीका देशमा साउदी अरबको निकै आलोचना भएको थियो ।

तर इजराइलसँग मध्यपूर्वका देशसँग सम्बन्ध उत्कृष्ट बनाउने ट्रम्पको योजनाम साउदी अरबको हिस्सा रहेन । ट्रम्पको यो योजना अनुसार अहिलेसम्म संयुक्त अरब इमिरेट्स, बहराइनले इजराइलसँग आफ्नो सम्बन्ध सामान्य गर्ने कुरा गरेका छन् ।

जो बाइडेनको नेतृत्वमा साउदी अरबप्रति अमेरिकी सरकारको धारणा परिवर्तन हुन सक्ला । बाइडेनले पहिले नै साउदी अरबसँगको सम्बन्धमाथि पुनर्विचार गर्नेबारे बताइसकेका छन् ।

उनले खग्गोजीको हत्याको मामिलामा जिम्मेवारी निश्चित गर्ने र यमन लडाईंलाई समाप्त गर्नेबारे पनि कुरा गरिसकेका छन् । यमनमा भइरहेको लडाईंमा साउदी नेतृत्वको पनि महत्वपूर्ण भूमिका छ जसले त्यहाँ गठबन्धन सेनाको नेतृत्व गरिरहेको छ । – बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप