समुदायमा कोरोेना फैलिएपछि बढ्यो मृत्युदर
सोमबार, २४ कात्तिक २०७७, ०७ : १५

काठमाडौँ – समुदायमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । गत २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ ।
योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ । बिहीबारयता तीन दिनभित्रमा देशभरीमा ७४ जनाको मृत्यु भएको छ । असोज तेस्रो सातासम्म कुल संक्रमित मध्येमा ०.५ प्रतिशत मृत्यु दर रहेकोमा कात्तिकको तेस्रो सातादेखि यता शुन्य दशमलव १ प्रतिशत बढेर ०.६ प्रतिशत पुुगेको छ ।
असोजदेखि यता नेपालमा दैनिक १४ देदि ३० जनाको दरले मृत्यु भइरहेको तथ्याकंले औंल्याएका छन् । कात्तिक २२ मा १७, २१ मा १८ जना, २० गते १८ जना र १९ गते एकैदिन ३० जनाको मृत्यु भएको छ । त्यसैगरी, कात्तिक १७ गते २४ जना, १६ गते २३ जना, १५ र १४ मा १७ जनाको दरले मृत्यु भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि
-
नेपालमा रोजगारी नपाएका कुँवर मल्टी नेशनल कम्पनीमा साइबर विज्ञ
-
१० बजे १० समाचार : सरकारबारे गठबन्धनभित्र आशंका, के भन्छन् प्रधानमन्त्री ओली ?
-
२ सय ८ जना प्रहरी नायव निरीक्षकमा बढुवा