रमेश लेखकलाई क्रियाशील सदस्यता छानविन समितिको संयोजक बनाउने सहमति
काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच क्रियाशील सदस्यता छानविन समितिको संयोजकमा केन्द्रीय सदस्य रमेश लेखकलाई बनाउने सहमति भएको छ ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको शीर्ष नेताहरुको छलफलमा छाानविन समितिको संयोजक लेखकलाई बनाउने सहमति भएको नेता गोपालमान श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । पार्टी सभापति देउवा निकट लेखकले १३ औं महाधिवेशनको छानविन समितिको सदस्यका रुपमा काम गरेको थिए ।
गत माघ १३ गते भएको केन्द्रीय कार्यसमिति बैठकमै छानबिन समितिको संयोजकमा नरहरी आचार्यलाई नै दोहोर्याउने विषयमा सामान्य छलफल भएको थियो । १३ औँ महाधिवेशनका लागि आचार्यको नेतृत्वमा क्रियाशील सदस्यता छानविन समिति गठन गरिएको थियो ।
तर आचार्यले आफ्नो स्वस्थ अवस्था देखाउँदै जिम्मेवारी अस्वीकार गरेपछि साझा व्यक्तिको खोजी भएको थियो । त्यसपछि सभापति शेरबहादुर देउवाले लेखकको नाम अगाडि सारेका थिए । आचार्यको विकल्प खोजिँदा साझा व्यक्ति रोज्नुपर्ने संस्थापन इतर पक्षको माग थियो । तर आइतबारको छलफलमा लेखकको नाममा पौडेल पक्षले पनि सहमति जनाएको छ ।
समितिमा सभापति देउवा पक्षबाट संयोजकसहित ३ जना, वरिष्ठ नेता रामचन्द्र पोडेल पक्षबाट २ जना र कृष्णप्रसाद सिटौला पक्षबाट एक जनालाई समावेश गरिने पूर्वसहमति छ ।
तीन समूहमा छानविन समितिमा कसलाई पठाउने भन्ने विषयमा टुंगो लागेको छैन । समितिका संयोजक र सदस्यहरुको मनोनयन गर्ने जिम्मा सभापति देउवालाई दिइएको छ । समितिले पार्टीको महाधिवेशनका बेला क्रियाशील सदस्यता वितरण र नवीकरणमा हुने चलखेलको विषयमा छानविन गर्छ ।
।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
