शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रमेश लेखकलाई क्रियाशील सदस्यता छानविन समितिको संयोजक बनाउने सहमति

आइतबार, २३ कात्तिक २०७७, १९ : ३१
आइतबार, २३ कात्तिक २०७७

काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच क्रियाशील सदस्यता छानविन समितिको संयोजकमा केन्द्रीय सदस्य रमेश लेखकलाई बनाउने सहमति भएको छ ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको शीर्ष नेताहरुको छलफलमा छाानविन समितिको संयोजक लेखकलाई बनाउने सहमति भएको नेता गोपालमान श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । पार्टी सभापति देउवा निकट लेखकले १३ औं महाधिवेशनको छानविन समितिको सदस्यका रुपमा काम गरेको थिए ।

गत माघ १३ गते भएको केन्द्रीय कार्यसमिति बैठकमै छानबिन समितिको संयोजकमा नरहरी आचार्यलाई नै दोहोर्याउने विषयमा सामान्य छलफल भएको थियो । १३ औँ महाधिवेशनका लागि आचार्यको नेतृत्वमा क्रियाशील सदस्यता छानविन समिति गठन गरिएको थियो ।

तर आचार्यले आफ्नो स्वस्थ अवस्था देखाउँदै जिम्मेवारी अस्वीकार गरेपछि साझा व्यक्तिको खोजी भएको थियो । त्यसपछि सभापति शेरबहादुर देउवाले लेखकको नाम अगाडि सारेका थिए । आचार्यको विकल्प खोजिँदा साझा व्यक्ति रोज्नुपर्ने संस्थापन इतर पक्षको माग थियो । तर आइतबारको छलफलमा लेखकको नाममा पौडेल पक्षले पनि सहमति जनाएको छ । 

समितिमा सभापति देउवा पक्षबाट संयोजकसहित ३ जना, वरिष्ठ नेता रामचन्द्र पोडेल पक्षबाट २ जना र कृष्णप्रसाद सिटौला  पक्षबाट एक जनालाई समावेश गरिने पूर्वसहमति छ ।

तीन समूहमा छानविन समितिमा कसलाई पठाउने भन्ने विषयमा टुंगो लागेको छैन । समितिका संयोजक र सदस्यहरुको मनोनयन गर्ने जिम्मा सभापति देउवालाई दिइएको छ । समितिले पार्टीको महाधिवेशनका बेला क्रियाशील सदस्यता वितरण र नवीकरणमा हुने चलखेलको विषयमा छानविन गर्छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप