शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा ओलीले मागे माधव नेपालको सहयोग

गुटगत कार्यक्रम नरोक्ने ओलीको अडान
आइतबार, २३ कात्तिक २०७७, १७ : २६
आइतबार, २३ कात्तिक २०७७

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न पूर्वप्रधानमन्त्री तथा पार्टी वरिष्ठ नेता माधव कुमार नेपालको सहयोग मागेका छन् । 
पार्टी अहिलेसम्मकै दयनीय अवस्थामा पुगेको दावी गर्दै यस्तो अवस्था केही न केही गर्नुपर्ने भन्दै ओलीले माधव नेपालको सहयोग मागेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । ‘प्रधानमन्त्रीले पार्टी अन्यन्तै दयनीय अवस्थामा पुगेको बताउनु भयो । यसअघि विवाद मिलाउन कार्यदल गठन गर्नु भन्दा अघिकै अवस्थामा पुगेको छ । यस्तो हो भने किन बसिरहने त ? तपाईँको सहयोग चाहियो भनेर माधव कमरेडलाई भन्नुभयो’, बैठकमा सहभागी ती नेताले भने । 

तर नेता नेपालले पार्टी यो अवस्थामा पुग्नुमा ओलीनै कारक रहेको भन्दै सच्चिन आग्रह गरेका थिए । उनले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री लचक बन्दै अहिले भइरहेका गुटगत भेला रोकिनुपर्नेमा जोड दिएका थिए । 


तर ओलीले गुटगत रुपमा हुँदै आएका मदन भण्डारी फाउन्डेशन र जबजका कार्यक्रम हुनै पनि हालतमा नरोकिने अडान लिएका थिए । कार्यकारी अधयक्ष प्रचण्डसहित सचिवालयका ५ नेताले बैठक बोलाउन माग गर्दै ओलीलाई पत्र बुझाएको भोलिपल्ट बालुवाटारमा छलफल भएको हो । छलफलमा नेता भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतको समेत सहभागीता रहेको बताइएको छ । 

आइतबार दिउँसो साढे एक बजेदेखि सवा चार बजेसम्म भएको भेटवार्तामा पार्टीभित्र देखिएको विवादबारे नै केन्द्रीत रहेर कुराकानी भएको नेता भीम रावलले बताए । रावलले पार्टीभित्र उत्पन्न समस्या के कसो हो भनेर विचार आदानप्रदान भएपनि ठोस कुरा केही नभएको दावी गरे । 

‘अहिलेको पार्टीभित्र उत्पन्न जुन समस्या छ, त्यो समस्या के कसो हो भनेर विचार आदानप्रदान भयो, अरु नयाँ ठोस कुरा केही भएन’, बैठकपछि नेता रावलले रातोपाटीसँग भने, ‘पार्टीमा देखिएको समस्याका सम्बन्धमा सामान्य विचार आदान प्रदान मात्रै भयो ।’ नेता रावलका अनुसार समस्या समाधान गरौँ भन्नेमा सवैको राय रहेको थियो । 

शनिबार बालुवाटारमा ओली र सचिवालयका प्रचण्डसहितका ५ नेताहरु माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठबीचको भेटवार्ता भनाभन मै सकिएको थियो । सो भेटमा ओलीले बैठक नबोलाउने अडान लिएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप