रोहनप्रितका साथ हनिमुन मनाउन दुबई पुगिन् नेहा

मुम्बई । हालै रोहनप्रित सिंहसँग विवाह गरेकी चर्चित गायिका नेहा कक्कड हनिमुन मनाउन दुबई पुगेकी छन् । उनले बिवाह पछि पहिलो करवाचौथ ब्रत समेत राखेकी थिइन् । हालै नेहाको विदेशको भिडियो सार्वजनिक भएको छ । उनले नै आफ्नो इस्टाग्राममार्फत होटलको भिडियो शेयर गरेकी हुन् । भिडियोमा सेतो र रातो कलरको फूलले दिल बनाइएको छ । कोठा पनि निकै रोमान्टिक तरिकारले सजाइएको छ ।
यस अगाडि नेहाको मुम्बई एयरपोर्टको भिडियो बाहिर आएको थियो । भिडियोमा नेहा कफि खाँदै गरेको अवस्थामा देखिएकी छन् । जहाँ नेहा निकै खुसी देखिएकी छन् । नेहाले रोहनप्रितसँग गत २४ अक्टुवरमा बिवाह गरेकी हुन् । उनको बिवाहको हरेक क्रियाकलापको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
नेहा र रोहनप्रित केही समय अगाडिदेखि एक अर्काेको डेटमा रमाउँदै आएका थिए । नेहाभन्दा रोहनप्रित ७ वर्षले कान्छा छन् । रोहनप्रितले २००७ को रियालटी शो ‘सा रे गा मा पा लिल च्याम्स’बाट करियर शुरुवात गरेका थिए । यसपछि रोहनप्रित २०१८ को ‘राइजिङ स्टार २’मा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?