प्रहरीले स्थानीय कुटेको विरोधमा परासी बजार बन्द

परासी– प्रहरीले स्थानीय युवालाई कुटेको विरोधमा नवलपरासीको सदरमुकाम परासी बजार बन्द गराइएको छ ।
प्रहरीले बिनाकारण स्थानीय युवाहरुलाई पिटेको भन्दै युवाहरुले बुधबार बजार बन्द गराउँदै हिडका छन् । रामग्राम नगरपालिका ६ पोखरापालीका युवाहरुलाई मंगलबार राती प्रहरीले अस्पताल परिसरमा कुटपीट गरेको थियो । युवाहरुले प्रहरी ज्यादती भन्दै परासी बजारका पसल, बंैक, विद्यालय र यातायातहरु बन्द गराएपछि साप्ताहिक हाटबजारसमेत लाग्न सकेन ।
मंगलबार राती ८ बजे नगरपालिका ६ पोखरापालीका एक ४ वर्षे बालिकालाई मध्यविन्दु नगरपालिकाको चोरमारा घर भएका अन्दाजी २७ वर्षीय प्रितम शर्माले जबरजस्ती गरेको भन्दै स्थानीय युवाहरुले शर्मालाई अस्पताल परिसरमै कुटपीट गरेपछि प्रहरीले कुटपीटमा उत्रिने युवाहरुलाई प्रहरीले कुटपीट गरेको थियो ।
युवाहरु पिटिएका विषय लिएर बुधबार विहान स्थानीयले करिब २ घण्टा जिल्ला प्रहरी कार्यालय पनि घेराउ गरेका थिए । पीडित युवाहरु हातमा लठ्ठी लिएर महेशपुर चोक, बाइपासचोक, बुद्धचोकहरुमा टायर बाली पसल, बंैकवित्तीय संस्था, विद्यालय र यातायात बन्द गराउदै चक्काजाम गरेका छन् ।
पीडकलाई कारबाहीको सट्टा पीडित पक्षलाई नै कुटपीट गरेको भन्दै स्थानीय प्mयुचर लाइट उमाविका विद्यार्थीहरुले पनि प्रहरीविरुद्ध प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण
-
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
-
माओवादी अभियान : प्रचण्डसहितको टोली मोरङमा, सहिद परिवारसँग भेट
-
केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो
-
मस्कले संघीय कर्मचारीलाई इमेलको जवाफ दिन अर्को मौका पनि दिने
-
बंगालको खाडीमा भूकम्प